sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » सशस्त्र संघर्षरत किरात जनवादी वर्कर्स पार्टीले हतियार बुझाए

पुस–२२, भूमिगत रुपमा सशस्त्र संघर्ष गर्दै आएको किरात जनवादी वर्कर्स पार्टीले सरकार समक्ष हतियार बुझाएको छ । वर्कर्सले जिल्ला प्रशासन कार्यालय खोटाङ मार्फत मंगलबार शान्ति तथा पुर्ननिर्माण मन्त्रलाय समक्ष तीन थान ‘थ्री नट थ्री’ राईफल बुझाएको हो ।

सरकारसँग वार्ताका क्रममा रहेको वर्कर्सले क्रमवद्ध रुपमा आफूसँग रहेका अन्य हतियार समेत बुझाउने बताएको छ । पूर्वी पहाडी जिल्लालाई किरात स्वत्त राज्य स्थापनाको माग गर्दै संघर्षरत वर्कर्सले जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, मानवअधिकारकर्मी, पत्रकार लगायतको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटामार्फत शान्ति तथा पुर्ननिर्माणमन्त्री नरहरि आचार्यलाई हतियार बुझाएको हो ।
प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटामार्फत शान्ति तथा पुर्ननिर्माण मन्त्रालय समक्ष हतियार बुझाउँदै किरात जनवादी वर्कर्स पार्टीका प्रवक्ता तथा वार्ता टोलीका संयोजक बिरु किराती (दायाँ) । 

वार्ता टोलीका संयोजक बिरु किरातीको नेतृत्वमा आएको वर्कर्सले सरकारसँगको वार्तामा भएका सहमतीका बुँदाहरु तत्काल कार्यान्वयन गर्न माग गर्दै ज्ञापनपत्र समेत बुझाएको छ । हतियारसहित बुझाइएको ज्ञापनपत्रमा कारागारमा रहेका आफ्ना कार्यकर्तालाई बिनाशर्त छाडिनुपर्ने, उनीहरुमाथि लगाइएका मुद्दा खारेजी हुनुपर्ने, सरकारद्धारा मारिएका नेता कार्यकर्ताको परिवालाई उचित क्षतिपूर्ती दिइनुपर्ने, आफ्ना लडाकुको भरणपोषणको ग्यारेण्टी हुनुपर्ने लगायतका माग गरिएको छ । 

“नौं लाख किरातको एउटै चाहना, तीन किरात एक बिरासतको स्थापना” भन्ने नारा लेखिएका ब्यानर सहित कार्यकर्ता लिएर जिल्ला प्रशासन पुगेका किरातीले अब आफूहरु पनि शान्ति प्रक्रियामा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारसँग भएको सहमती अनुरुप हामी हतियार बुझाउन आएका हौं, अब आगामी दिनमा हाम्रो पक्षबाट कुनै बिद्रोह हुने छैन ।”

हतियार बुझाउन आएका वर्कर्स नेता कार्यकर्तालाई जिल्लास्थित अन्य राजनीतिक दलका नेता कार्यकर्ताले स्वागत योग्य कामको थालनी गरेको बताएका छन् । सबै दलको तर्फबाट बोल्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पृथ्वी किरातीले जिल्लाको विकास निर्माणमा आगामी दिनमा सँगै हातेमालो गर्न वर्कर्स नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

पूर्वी नेपालको १७ जिल्लालाई किरात स्वत्त राज्य स्थापनाको माग गर्दै २०५६ भदौ ५ मा स्थापना भएको किरात जनवादी वर्कर्स पार्टीले विभिन्न जिल्लामा जबरजस्ती चन्दा असुली, तोडफोड, आगजनी, लुटपाट लगायतका क्रियाकलाप गर्दै आएको थियो । सरकार विरोधी काम गरेको भन्दै उक्त क्रियाकलापमा संलग्न रहेका २० जना नेता कार्यकर्तालाई प्रहरीले विभिन्न जिल्लाबाट पक्राउगरी मुद्दा चलाएको छ ।

हतियार बुझाए लगत्तै सदरमुकाम दिक्तेलस्थित थ्री ब्रदर्श होटलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै वर्कर्सका केन्द्रीय अध्यक्ष सान्केन्मा किरातीले किरात स्वत्त राज्य प्रातिको लागि अब शान्तिपूर्ण आन्दोलन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि विभिन्न चार समूहको संयुक्त मोर्चा बनाएका छौं, उक्त मोर्चाले अब बन्ने संविधानमा आफूहरुले उठाएको मुद्दा समेट्न दबाब स्वरुप शान्तिपूर्ण आन्दोलन गर्नेछ ।”

एक अर्को प्रशंगमा बोल्दै अध्यक्ष किरातीले आफ्नो पार्टीलाई बदनाम गर्न र वार्ता बिफल बनाउन हाम्रो नाममा चन्दा मागिएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, “यदि त्यसो भने, उनीहरुलाई खोजी–खोजी कारबाहीको दायरामा ल्याउन सरकारलाई सहयोग गर्नेछौं ।”
   
चार समूहको संयुक्त सहमती कार्यान्वयन संघर्ष समितिका संयोजक विवश बिद्रोहीले आफ्नो मुद्दा स्थापित गर्नका लागि चरणवद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हतियार बुझाए पनि हात बुझाएका छैनौं, आफ्नो मुद्दामा सरकारले बेवास्ता गरे आत्मघाती हतियार पनि बनाउन सक्छौं ।”

कार्यक्रममा वर्कर्सका अध्यक्ष सान्केन्मा किराती, उपाध्यक्ष निशाम किराती, महासचिव किरावा, प्रवक्ता बिरु किराती, सहमती कार्यान्वयन संघर्ष समितिका संयोजक विवश बिद्रोही, प्रवक्त अबिरल लगायत दुई दर्जनबढि नेता तथा कार्यकर्ता उपस्थित थिए । उनीहरुले किरात मुक्ती सेना समेतसँगै लिएर आएका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post