sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » वर्षामा संकलन गरिएको पानी उपभोग गर्न बाध्य

माघ–५, पिउने पानीको अभाव भएपछि खोटाङको पश्चिमी गाविस दुर्छिमका स्थानीयबासी घरको छानाबाट संकलन भएको पानी उपभोग गर्न बाध्य छन् । नजिकैमा पानीको श्रोत नभएपछि गाविसका अधिकांश परिवार वर्षे पानी संकलन गरेर उपभोग गर्न बाध्य भएका हुन् । 

घरको छानामा पाइप जडान गरेर ट्याङ्कीमा संकलन गरिने र संकलन भएको पानी उपभोग गर्ने गरिएको स्थानीय चक्र राईले बताउनुभयो । नजिकै पानीको श्रोत नभएकाले वैकल्पिक उपाय अपनाएर भएपनि खानेपानीको व्यवस्था गरिएको राईको भनाइ छ । 

उनीहरु वर्षाभरी घरको छानोमा पाइप जडान गरेर पानी संकलन गर्ने गर्छन् । वर्षाभरी संकलन गरिएको पानी पिउने, लुगा धुने, नुहाउने र गाईभैंसीलाई दिने गरिएको स्थानीयको भनाइ छ ।

आकाशबाट आएको पानी संकलन नगर्ने स्थानीयले भने दुई घण्टासम्म हिँडेर पुगिने कुवाबाट पानी ल्याउन बाध्य छन् । यसको प्रत्येक्ष प्रभाव विद्यालय उमेर समूहका बालबालिकामा परेको राईको भनाइ छ । उहाँ भन्नुहुन्छ, “उनीहरु विद्यालय जानुअघि र विद्यालयबाट आएपछि पानी बोक्नमै लाग्नुपर्ने भएकाले पढ्नबाट वञ्चित भएका छन् ।”

जिल्लाको सुख्खाग्रस्त क्षेत्रका रुपमा लिइएको त्यस क्षेत्रमा सरकारी तथा गैंरसरकारी संघसंस्थाले पानीको व्यवस्थापन गर्न पहल गरेपनि सफल भएको छैन । तराईसँगको सिधा यातायात जोडिएको त्यस क्षेत्रमा पानी नभएपछि बाटो हिँड्ने बटुवालाई समेत समस्या भएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post