sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » मिस इन्डिजिनिअस नेस्नालिटी–२०१५ हुँदै

माघ–५, आरजी इन्टरटेनमेन्ट प्रालि काठमाडौंले मिस इन्डिजिनिअस नेस्नालिटी–२०१५ गर्ने भएको छ । उसले आदिवासी जनजातिको मौलिक कला, संस्कार, संस्कृति, प्रथा, परम्परा र पहिचान खोजी तथा जगेर्ना गर्ने उद्देश्यले मिस इन्डिजिनिअस नेस्नालिटी–२०१५ गर्न लागेको हो । 

मिस इन्डिजिनिअस नेस्नालिटी–२०१५ मा सहभागी हुन चाहने युवती १६ पूरा भइ २४ वर्ष ननाघेको अविवाहिता हुनुपर्ने प्रालिका निर्देशक अर्पण राईले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत भएको हुनुपर्ने जनाइएको छ ।

सहभागी युवतीले एसएलसी उत्तीर्ण गरेको र उचाइ कम्तीमा पाँच फिट हुनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले फागुनको दोस्रो सातासम्म आवदेन दिन सक्नेछन् । 

काठमाडौंको चाबहिलमा रहेको वन्दना कलाकेन्द्रबाट आवेदन फाराम लिन सकिनेछ । प्रतियोगिताको फाइनल चैतको तेस्रो साता हुने आयोजकले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post