sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » आगलागी पीडितलाई आर्थिक सहयोग

माघ–१०, जिल्लामा आगलागी पीडित एक परिवारलाई आर्थिक सहयोग गरिएको छ । सामाजिक परिचालक हकहित संरक्षण मञ्च खोटाङको पहलमा लिकुवापोखरी गाविसकी सामाजिक परिचालक तथा आगलागी पीडित निर्मला राईको परिवारलाई नगद रु ३६ हजार सात सय रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

संकलित रकम जिल्ला विकास समिति खोटाङका योजना, अनुगमन तथा प्रशासकिय अधिकृत प्रकाश अधिकारीले पीडित राईलाई हस्तान्तरण गर्नुभएको मञ्चका केन्द्रीय उपाध्यक्ष नविन राईले बताउनुभयो । जिल्ला विकास समितिबाट सञ्चालित स्थानीय साशन तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालक, जिल्ला विकास समितिका कर्मचारी, विभिन्न व्यक्ति तथा संघसंस्थाबाट संकलन गरेर पीडित राई परिवारलाई आर्थिक सहयोग गरिएको मञ्तले जनाएको छ । 

गत पुस–८ गते  आगलागीमा परी घर तथा घरमा भएका सामाग्री जलेर नष्ट भएपछि बिचल्ली परेका राई परिवारलाई घर निर्माणका लागि आर्थिक सहयोग गरिएको उपाध्यक्ष राईले जानकारी दिनुभयो । घरमा कोही नभएको समयमा भएको आगलागीबाट राईको चार लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट घर बिहिन बनेको राईको सात जनाको परिवारलाई पाल टाँगेर बसीरहेको पीडित राईको भनाइ छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post