sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » घाइते बनेको चार वर्षपछि अस्पताल भर्ना

माघ–५, चार वर्षअघि भएको सडक दुर्घटनामा घाइते बनेका खोटाङ स–छितापोखरी–५ का २१ वर्षीय जीतबहादुर खड्कालाई उपचारका लागि अस्पताल पु¥याइएको छ । आर्थिक अभावमा उपचार गराउन नसकेका खड्कालाई चन्दा उठाएर चार वर्षपछि शिक्षण अस्पताल काठमाडौं पु¥याइएको हो । 

बसले किचेर पाकेको खुट्टा चार वर्षसम्म उपचार गराउन नसकेको पीडा विभिन्न सञ्चार माध्यम मार्फत सार्वजनिक भएपछि संकलन गरिएको ७८ हजार छ सय ३० रुपैयाँ खर्चमा खड्कालाई अस्पताल लगिएको आफन्तले बताएका छन् । अस्पताल पु¥याएर उपचार सुरु गरिएका खड्काको प्लाष्टिक सर्जरी गर्नुपर्ने अवस्था आएको अस्पतालले बताएको छिमेकी एवम् स्थानीय शिक्षक पदमकेशर राईले जानकारी दिनुभयो । 

२०६७ सालमा भारतको कोइलाखाद जानेक्रममा गुहाटीमा रातको ११ बजे उत्रिएका खड्काको सडक पार गर्नेक्रममा गाडीले दाहिने खुट्टा किचेको थियो । गाडीले किच्दा उनको दायाँ खुट्टाको बुढी औंला बाहेक चार औंला गुमाएका खड्काको घाउँ फैलँदै क्रमशः गोलीगाँठो मुनिको भागसम्म कुहिसकेको छ । 

ंगोलीगाँठोमुनिको भागसम्म पाकिसकेका कारण जवानी उमेरका जीतबहादुर हिँडडुल गर्न सक्दैनन् । घाउको अवस्था हेर्दा खड्काको खुट्टामा क्यान्सर भइसकेको हुनसक्ने स्थानीय बताउँछन् । 

खुट्टाको घाउका कारण अहिले कम्मरसम्मको भाग समेत दुख्न थालेको खड्काको भनाइ छ । दर्दनाक अवस्थामा रहेका खड्काको उपचारका लागि सप्तेश्वरछितापोखरीस्थित नागरिक सचेतना केन्द्र, अपाङ्ग सेवा संघ, व्यवसायी र सर्वसाधारणबाट स्वेच्छिकरुपमा आर्थिक सहयोग प्राप्त भएको राईले बताउनुभयो । 

खड्काको परिवारमा दाजु, भाउजु, तीन भतिजाभतिजिनी र एक जना १५ वर्षका भाइ छन् । हाल दाजुभाउजुले गरेको बनिबुतोबाट आएको कमाइले सात जनाको परिवारको दैनिक गुजारा चलिरहेको छ । 

उनका दाजु भक्तबहादुर पनि ढाड दुख्ने समस्यले पीडित छन् । सम्पत्तीको नाममा खड्का परिवारको पाँच रोपनी पाखो बारी छ । 

वर्षभरी गरेको कमाइले उनीहरुलाई तीन÷चार महिना पनि खान पुग्दैन । दैनिक हातमुख जोड्न सक्ने आर्थिक क्षमता नभएका कारण खड्का परिवारले खुट्टाको उपचार गराउन नसकेको छिमकी जगतबहादुर खड्काले बताउनुभयो । 


यो पनि पढ्नु होला ।

सडक दुर्घटनाका घाइते भन्छन्: कसैको सहयोग पाए बाँच्थे जस्तो लाग्छ !

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post