sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » संघीयपक्षधर दलहरुले ‘सल्लाह’मा जिल्ला बन्द गर्ने तयारी

पुस–२४, खोटाङका संघीयपक्षधर दलहरुले ‘सल्लाह’मा जिल्ला बन्द गर्ने तयारी गरेका छन् । पहिचान सहितको संबिधान निर्माणका लागि संघर्षको तयारी गरेका एमाओबादी, संघीय समाजबादी, खम्बुवान राष्ट्रिय मोर्चा र नेपाल कम्यूनिष्ट पार्टीले यातायात व्यवसायी संघ, उद्योग बाणिज्य संघ, निर्माण व्यवसायी संघ, गैसस महासंघ लगायतसँगको ‘सल्लाह’मा पुस–२७ गते जिल्ला बन्दको तयारी गरेका हुन् । बन्दकाक्रममा अप्रिय घटना घटन र ज्यू धनको नोक्सानी हुनबाट जोगाउनका लागि बन्दका बिषयमा अग्रिम जानकारी दिइएको एमाओबादीका अध्यक्ष देवान किराती पृथ्बीले बताउनु भयो ।

‘पहिचान सहितको संघीयता, संघीयता सहितको संबिधान’ निर्माणका लागि दवाब सिर्जना गर्न मुलुकभर क्रियासिल ३० दलीय गठबन्धन अनुशार किरात खम्बूवान बन्दकाक्रममा उनीहरुले बिहिबार जिल्ला बन्दका लागि सल्लाह गरेका हुन् । ‘कुनैपक्षबाट प्रतिरोध नहोस् र कुनै दुर्घटना नघटोस्’ भन्नका लागि बन्दअघि नै पुर्वसल्लाह गरिएको नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला अध्यक्ष श्याम राईले जानकारी दिनुभयो । ‘अकस्मात गरिने बन्दले दुर्घटना निम्तिन सक्छ, हामीबीचमै नराम्रो हुन सक्छ,’ जिल्लामा संघर्षको संयोजनको जिम्मा लिएको नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष राईले भन्नुभयो, ‘त्यही भएर पहिल्यै सल्लाह गरेर बन्द गर्ने तयारी गरिएको हो ।’ 

कार्यक्रममा यातायात व्यवसायी, उद्योग बाणिज्य संघ, गैसस महासंघले बन्दको मारमा सर्वसाधारण मात्र पर्नेभएकाले बन्दको रचनात्मक स्वरुप तयार गर्न सुझाव दिएका छन् ।

यसैबीच, बर्तमान संबिधानसभा भंग गरिनुपर्ने माग गर्दै नेकपा–माओबादीले शुक्रबार जिल्ला बन्दको आह्वान गरेको छ । अधिकार सम्पन्न राष्ट्रिय राजनैतिकसभा गठनका लागि दवाव दिन पुर्वाञ्चल बन्द आह्वान गरिएको नेकपा–माओबादीले जनाएको छ । पार्टीका सेक्रेटरी धिरेनले विज्ञाप्ती जारी गर्दै बन्दमा सहयोग गर्न आग्रह गरेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post