sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » शिक्षक कृष्णश्री राईको तेश्रो कृति कथा संग्रह सार्वजनिक

पुस–२३, खोटाङको इन्द्रेणीपोखरी–५ का शिक्षक कृष्णश्री राईको कथा संग्रह ‘बौलाही आमा र सुनौला मुस्कानहरु’ बजारमा आएको छ । बाणी प्रकाशन बिराटनगरको प्रकाशनमा १९ कथा समेटिएको राईको संग्रह भर्खरै बजारमा आएको हो । हाल सिमपानी उच्च माबिमा अध्यापन गराइरहनु भएका राईको कथा संग्रहभित्र ‘एक टुक्रा इतिहास’, ‘स्याङडोल्मा बारबेटम र कटवाल सर’, ‘कैदी प्रेम अमर प्रेम’, ‘प्रकरण फूल’, ‘डल्फिन छलाङ’, ‘मेरी स्वास्नी र उसको प्यार’, ‘अष्पष्ट लक्ष्मण रेखाहरु’, ‘अपरिणीता नीलिमा’, ‘आस्थाको भगवान’, लगायतका सामाजिक कथाहरु समेटिएका छन् । 

३८० पृष्ठ लामो कथा संग्रहमा बियोगान्त, संयोगान्त, बाल मनोविज्ञान, नारी मनोविज्ञान, क्रान्तीचेत, जातीय सदभाव, प्रकृति प्रेम, सकरात्मक सोच, आधुनिक चिन्तनमा आधारित कथाहरु संग्रहित छन् । ’हिजो भोगिएका, भोग्दै गरेका र भोली भोग्नुपर्ने विषयबस्तुमा कथा संग्रह केन्द्रित छ,’ कथाकार राईले भन्नुभयो, ‘पर्यायबरण र पोष्टमोर्डनिज्मको धारबाट कथाको रुप तयार पारेको छु ।’ बिदाको दिन र रातका समयलाई खर्च गरेर तीन वर्ष लगाएर कथा संग्रह तयार पारिएको राईले बताउनुभयो । कतिपय हिँडडुल गरिरहेको बेलामा मनमा आएका र सोचिएका बिषयबस्तुलाई फुर्सदको समयमा कथाकोरुप दिइएको बताउनु भयो । 

शिक्षक राईको यो तेश्रो कृति हो । यसअघि उहाँका २०६२ सालमा कथा संग्रह ‘औंशीको कालो रात’ र २०६७ सालमा गजल संग्रह ‘लाशहरुको मौनता’ प्रकाशित छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post