sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » विवाहित महिलालाई सामूहिक बलात्कार गर्ने दुई पक्राउ

पुस–१९, खोटाङमा एक विवाहित महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । स्थानीय २५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा सुङ्देल–३ का ४० वर्षीय डिल्लीशेर राई र ३० वर्षीय राजन राई पक्राउ परेका हुन् । 

पीडित महिलाले इलाका प्रहरी कार्यालय बाक्सिलामा दिएको उजुरीको आधारमा उनीहरुलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक लालबाबुप्रसाद साहले बताउनुभयो । साहका अनुसार पक्राउ परेका उनीहरुको साथबाट अश्लिल शब्द बोलिएको अडियो रेकर्डसहित नोकिया मोवाइल बरामद गरिएको छ । 

घरमा सुतिरहेकी महिलालाई कोही नभएको मौकापारी आइतबार राती ११ बजेतिर ढोका  फोरी करेसा बारीमा लगेर दुवै जनाले पालैपालो बलात्कार गरेको पीडित महिलाले दिएको उजुरीमा उल्लेख छ । पक्राउ परेका दुवै जनाले मातेको सुरमा आफूहरुले गल्ती गरेको स्वीकारेको प्रहरीले जनाएको छ । 

बाक्सिला प्रहरीले काठ काट्दै गरेको अवस्थामा जङ्गलबाट पक्राउ गरेको उनीहरुलाई अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । उनीहरुविरुद्ध जबरजस्ती करणी महल अन्तरगत मुद्दा दर्ता गरेर कारबाही थालिने मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवले बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post