sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » अपरिचित समूहले तीन माउ भैंसी मारे

माघ–८, अपरिचित समूहले खोटाङको मंगलटारमा तीन माउ भैंसी मारेका छन् । मंगलटार–२ का कितापसिं राई र बीरबहादुर राई तथा वडा नम्बर–३ का बालकुमार राईको गोठमा बाँधेर राखिएको भैंसी बुधबार राती मारेका हुन् । 

बुधबार साँझ घाँस हालेर छाडिएको भैंसी बिहान उठेर हेर्दा मरिरहेको भेटिएको भैंसी धनीको भनाइ छ । घटनाको प्रकृति हेर्दा बञ्चरोले हानेर मारेको हुन सक्ने उनीहरुले जनाएका छन् । 

श्रृङ्खलावद्ध एकपछि अर्को घटना हुन थालेपछि अनुसन्धानका लागि स्थानीय चार युवालाई नियन्त्रणमा लिइएको घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक धनबहादुर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “घटनाका दोषी पहिचान हुन त सकेको छैन, तै पनि अनुसन्धानका लागि स्थानीय दिपेन्द्र राई, इबिन्द्र राई, गोपाल राई र गौतम राईलाई नियन्त्रणमा लिएका छौं ।” 

उक्त गाविसमा यसअघि पनि श्रृंखलावद्ध आगजानी, लुटपाट तथा तोडफोड भएको थियो । दुई हप्ताको अवधिमा मंगलटार–३ का तेजबहादुर राई, ईवन राई र मंगलटार–४ का हरि आलेमगरको घरमा श्रृंखलावद्ध आगजनी भएको थियो ।

उक्त गाविसमा श्रृङ्खलावद्ध घटना हुन थालेपछि स्थानीयले रात्री गस्ती सुरु गरिरहेका छन् । गाउँमा जाँडरक्सी तथा जुवातासमा प्रतिबन्ध लगाइए पनि घटना न्युनिकरण नभएको स्थानीय जुद्ध पुलामीमगरले बताउनुभयो । 

गाविसमा निरन्तर आगजनी, लुटपाटको घटना बढेपछि कामका लागि बाहिर जाने स्थानीय त्रसित बनेका छन् । कुनै अपराधिक सञ्जालले योजनावद्धरुपमा गाउँमा आगजनी मच्याएको स्थानीयको अनुमान छ । 

घटनाका विषयमा अस्थलगत अध्ययनका लागि प्रहरी निरीक्षक लालबाबुप्रसाद साहको नेतृत्वमा प्रहरीको टोली समेत मंगलटार गएको थियो । गत वर्ष मंगलटारमा सडक खन्नका लागि राखिएको एस्क्याभेट तोडफोड गरिनुका साथै ट्रकमा आगो लगाइएको स्थानीयले बताएका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post