sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » उच्च सुरक्षा सर्तकता

माघ–८, जिल्लामा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । तोकिएको मितिमा संविधान नआउने निश्चित भएपछि जिल्लामा हुन सक्ने अप्रिय घटनालाई न्युनिकरण गर्न उच्च सुरक्षा सर्तकता अपनाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । खरेलले भन्नुभयो, “विशेषगरि सरकारी तथा गैर सरकारी कार्यालय, विभिन्न पार्टी कार्यालयहरु र सदरमुकाम दिक्तेलबजारको चोकचोकमा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ, यसका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालित छन् ।”

जिल्लामा बिरोध प्रदर्शन तथा कोणसभा जस्ता कार्यक्रम गर्ने भएपछि सम्भावित जोखिमहरुलाई मध्यनजर गर्दै सबै स्थानमा रहेका सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जिल्लामा बताउनुभयो । उहाँले जिल्लामा तत्कालै अप्रिय घटना हुने सम्भावना नभएकाले नआत्तिन सर्वसाधरणलाई आग्रह गर्नुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post