sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » हलेसीमा बौद्ध धर्मावलम्बीको ‘बिश्व शान्ति’ पूजा शुरु

माघ–१५, खोटाङको धार्मिक तथा ऐतिहाँसिक स्थल हलेसी महादेबस्थानमा बौद्ध धर्मावलम्बीहरुको ‘बिश्व शान्ति’ पूजा शुरु भएको छ । बिश्वमा शान्तिको काम गर्दै किरात, हिन्दु र बौद्धमार्गीको त्रि–धार्मिक स्थल हलेसीमा लगातार तेश्रो वर्ष बौद्ध धर्मावलम्बीको ‘बिश्व शान्ति’ पूजा बिहिबार शुरु भएको हो । पर्यटन प्रबद्र्धनका लागि समेत त्रि–धार्मिक स्थल हलेसीमा आयोजना गरिएको बिश्व शान्ती सम्मेलन आगामी पाँच दिनसम्म जारी रहने हलेसीस्थित मारातिका ताप्तेन छोलिङ गुम्बाका लामा सोनाम शेर्पाले बताउनु भयो । 

‘बिश्वभर शान्तिको कामना गर्दै हलेसीमा आयोजन गरिएको बिशेष पूजा पाँच दिनसम्म चल्ने छ,’ शेर्पाले भन्नुभयो, ‘तर अन्य पूजाआजा भने दश दिनसम्म जारी रहन्छ ।’ अवतारी र गुरु सहित उनीहरुले सामुहिकरुपमा हलेसीमा बिश्व शान्तिको कामना गर्दै दैनिक पूजाआजा गर्नेक्रम चलीरहेको छ । बिश्व शान्ति पूजाको अवशरमा गत वर्ष मृत्यु भएका बौद्ध धर्मगुरुको पुःनर्जन्मको समेत कामना गरिएको शेर्पाले जानकारी दिनुभयो । बौद्ध धर्मावलम्बीले हलेसीमा बिगत तीन वर्षदेखि हरेक वर्ष ‘बिश्व शान्ति’ पूजा गर्दैआएका छन् । बिश्वभर भएका बौद्ध धर्मावलम्बीको ६ वटा प्रमुख धार्मिक स्थलमध्ये हलेसीलाई एक स्थलकारुपमा बौद्धमार्गीले पूजाआजा गर्नेगरेको उहाले बताउनु भयो । 

बिश्व शान्ति पूजाका लागि नेपालको सोलुखुम्बु, भारतको सिक्किम, दार्जीलिङ, भुटान, चिन, फ्रान्स लगायत बिश्वभरका ७ हजार बौद्धमार्गी हलेसी आएको गुम्बाले जनाएको छ । अहिले दिनहुँ बौद्धमार्गीहरु हेलीकोप्टरमार्फत हलेसी आइरहेका छन् । शेर्पाका अनुशार हलेसीमा पाँच सयको हाराहारीमा भिक्षुभिक्षुणीहरु र ६ हजार बढि भक्तजनहरु आएका छन् । 
ठाउँको अभावमा हलेसीमा पाल टाँगेर बसिरहेका बौद्धमार्गी ।

हलेसीमा आवश्यक बस्ने होटल र ठाउँको अभावमा बिश्व शान्तिका लागि आएका बौद्धमार्गीहरु खुला चौंरमा पाल टाँगेर बस्न बाध्य बनेका छन् । उनीहरु अहिले हलेसीको भैरब गुफा, रानी पोखरी र हलेसी आसपासका क्षेत्रका चौंरमा पाल टाँगेर बसिरहेका छन् । ‘हलेसीका होटलहरु सिमित छन्, बस्ने ठाउँ र पानीको समस्या छ,’ शेर्पाले भन्नुभयो, ‘होटलमा ठाउँ नपाएका भक्तजनहरु चौंरमा पाल टाँगेर रात काटिरहेका छन् ।’ १२ वर्षपछि हलेसीमा तीन वर्षअघिदेखि बिश्व शान्ति सम्मेलनलाई निरन्तरता दिइएको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post