sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » फागुन तेश्रो हप्ता राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

माघ–१८, जिल्लामा फागुन तेश्रो हप्ता माविस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिले आईतबार सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेलन गरी फागुन–१८, १९ र २० गते प्रतियोगिता गर्ने जानकारी दिएको छ । 

राष्ट्रपति रनिङ शिल्ड अन्तरगत छात्र÷छात्रा एथ्लेटिक्स, भलिबल, मार्सलआर्ट, तेक्वान्दो, उफ्रने र फ्याँक्ने प्रतियोगीता सञ्चालन हुने खेलकुद विकास समितिका अध्यक्ष बिनोद उदासले जानकारी दिनुभयो । मार्सलआर्टका खेलबाहेक एथ्लेटिक्स र भलिबल खेलमा विजय भएवापत पाएको अङ्क जोड्दा सर्वाधिक अङ्क हाँसिल गरी प्रथम हुने विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १५ हजार प्रदान गरिने र दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने बिद्यालयलाई क्रमशः नगद १२ हजार र ९ हजारका साथमा प्रमाणपत्र प्रदान गरिने खेलकुद बिकास समितिले जनाएको छ । 

राष्ट्रपति रनिङ शिल्डका लागि क्षेत्र नम्बर–२ मा खोटाङबजारमा फागुन–५, ६ र ७ गते तथा क्षेत्र नम्बर–१ मा बाक्सिलामा फागुन–११, १२ र १३ गते छनौट प्रतियोगीता सञ्चालन गरिने अध्यक्ष उदासले जानकारी दिनुभयो । क्षेत्रीय स्तरबाट छनौट भएका प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त खेलाडीले मात्र जिल्ला स्तरिय प्रतियोगीतामा सहभागी हुन पाउने उदासले बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post