sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » पर्यटन प्रबर्द्धनका लागि ‘नमस्ते खोटाङ’ सुरु

माघ–२१, खोटाङको प्रतिभा, कला संस्कृति र पर्यटन प्रबद्र्धनका लागि ‘नमस्ते खोटाङ–२०७१’ सुरु भएको छ । लुकेर रहेका प्रतिभाको खोज, लोपोन्मुख कला संस्कृतिको जगेर्ना तथा हलेसी, तुवाचुङ, रुपाकोट, टेम्के, बराहपोखरी लगायतका स्थलको पर्यटन प्रबद्र्धनका लागि सगरमाथा जनसेवा समाज नेपाल अर्खौलेको आयोजनामा हलेसी नजिकपर्ने अर्खौलेको सालपाचौंरमा ‘नमस्ते खोटाङ’को आयोजना गरिएको हो । 

ओझेलमा परिरहेका खोटाङको पर्यटकीय क्षेत्र र सुन्दरताको प्रचार–प्रसार गर्दै खोटाङलाई मुलुककै ‘गन्तव्य’का रुपमा बिकास गर्नका लागि ‘नमस्ते खोटाङ’को अवधारणा अघि सारिएको कार्यक्रमका संयोजक प्रकाश पुरीले बताए । ‘खोटाङ गन्तव्य बनाउन सहयोग पु¥याउने लक्ष्यकासाथ कार्यक्रम थालेका हौँ,’ संयोजक पुरीले भने, ‘यहाँ रहेका प्रतिभा, कला, संस्कारसंस्कृति तथा भेषभुषालाई समेत उजागर गर्नमा समेत कार्यक्रमले मद्धत पुग्ने हाम्रो अपेक्षा छ ।’ ‘नमस्ते खोटाङ’लाई हरेक वर्ष निरन्तरता दिइने आयोजक समितिका सदस्य प्रमोद श्रेष्ठले बताए बताए । 

मंगलबार सुरु गरिएको कार्यक्रममा जिल्लाव्यापी खुला पुरुष भलिबल प्रतियोगीता, बिभिन्न भेषभुषा, कलासंस्कृति र पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांगीतिक तथा हाँस्यव्यांग्य प्रहसन, नेवार समुदायको लाखे, राई समुदायको साकेला, बिभिन्न जातीय झाँकी प्रदर्शन लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन् । माघ–२६ गते समापन गरिने कार्यक्रम एमाले उपाध्यक्ष बिद्या भण्डारी र उर्जा मन्त्री राधा ज्ञवालीले मंगलबार संयुक्तरुपमा उदघाटन गरेकी हुन् । मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी–दिक्तेल सडक खण्ड अन्तरगत अर्खौलेमा आयोजना गरिएको कार्यक्रममा हलेसी, धितुङ, च्यास्मीटार, बाहुनीडाँडा, बडहरे, मंगलटार, सल्ले, लामीडाँडा, दिक्तेल, बुईपा, नुनथला, खार्पा लगायतका स्थानीयको भीड लागेको छ । 

कार्यक्रमको अवधिमा बिशिष्ट अतिथि तथा कलाकारहरुलाई पर्यटकीय स्थल हलेसी, तुवाचुङ लगायतका ठाउँमा भ्रमण गराइने सदस्य श्रेष्ठले जानकारी दिए । ‘नमस्ते खोटाङलाई समग्रमा खोटाङको महत्वलाई उजागर गर्ने माध्यम बनाएका छौँ,’ श्रेष्ठले भने, ‘बिबिध जातजाती र भाषाभाषीबीचको आपसी भाइचारालाई थप प्रगाढ बनाउन पनि कार्यक्रमले टेवा पु¥याउने हाम्रो आशा छ ।’ कार्यक्रमले स्थानीय उत्पादनलाई बजारको समेत अवसर दिलाएको छ । 









यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post