sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » कांग्रेस क्षेत्रीय प्रतिनिधिद्वारा पार्टी परित्याग

फागुन–२, नेपाली कांग्रेस खोटाङका क्षेत्रीय प्रतिनिधि नवीन राईले औपचारिक रुपमा पार्टी परित्याग गर्नुभएको छ । नेपाली जनताको समृद्धिमा कांग्रेसले कुनै भूमिका र जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै राईले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।  

सदरमुकाम दिक्तेलस्थित होटल ब्लोसममा पत्रकार सम्मेलन गर्दै पूर्व जिल्ला सदस्य समेत रहनुभएका राईले कांग्रेसले आदिवासी जनजाति, दलित, मधेसी, खस÷आर्यन, महिला, पिछडिएका वर्ग तथा क्षेत्रका समुदायको परिवर्तन नचाहेको आरोप लगाउनुभयो । मुलुक पहिचान सहितको संघीयतामा गइसकेको अवस्थामा नेपाली कांग्रेस यथास्थितिमा रहेकाले आम नेपालीको चाहना र पहिचान सहितको संघीयताको पक्षमा लड्ने प्रतिवद्धताका साथ आफूले कांग्रेस पार्टी परित्याग गरेको बताउनुभयो । 

२३ वर्षसम्म कांग्रेसमा रहेर राजनीति गर्नुभएका राईले पार्टी परित्यागको घोषणा गरेपनि कुन पार्टीमा जाने भन्ने बारेमा बताउनुभएको छैन । पत्रकारहरुसँग राईले भन्नुभयो, “पहिचान पक्षधर राजनीतिक दलका साथीहरुसँग छलफल भइरहेको छ, केही दिनमै खुलेर राजनीति गर्नेछु ।”

२०४८ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्नुभएका राई तरुण दलका केन्द्रीय सदस्य, कांग्रेसका जिल्ला सदस्य, महाधिबेशन प्रतिनिधि समेतको जिम्मेवारी निर्वाह गरीसक्नुभएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post