sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » युवतीको हत्यापछि जलाइएको खुलासा

फागुन–३, जलेर मृत्यु भएको भनिएको खोटाङकी एक युवतीको हत्यापछि जलाइएको खुलासा भएको छ । फेदी–४ की २२ वर्र्षीया निर्मला भन्ने सुश्मा राईको हत्यापछि जलाइएको प्रहरीले जनाएको छ । 

गत माघ–२ गते राती २ बजे उनकै श्रीमान २४ वर्र्षीय सुदीप राईले हत्या गरी त्यसलाई ढाकछोप गर्न घरमा आगो लगाएको खुलासा भएको प्रहरी नायव निरीक्षक यादव गौतमले बताउनुभयो । सुश्माको मृत्युपछि माइतीपक्षको जाहेरीको आधारमा सुदीप राई र स्थानीय २७ वर्र्षीय दुर्गाधन राईलाई माघ–१८ गते पक्राउपछि अनुसन्धानको क्रममा हत्या गरिएको खुलासा भएको गौतमको भनाइ छ ।

सुश्माको पेटमा पा“च महिनाको गर्भ रहेको मृत्युपछि पोष्टमार्टममा देखिएको अस्पताल स्रोतले जनाएको छ । घटनाको दुई साताअघि मात्र विदेशबाट घर आइपुगेका श्रीमानसँग यही विषयमा झगडा हुँदा मृत्यु भएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

दुर्गाधन भने हत्यामा संलग्न नदेखिए पनि सुश्मासँग सम्बन्ध जोडिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर कारबाही थालिएको गौतमले जानकारी दिनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post