sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » अनुगमनमा गएको टोलीमाथि कुटपिट गर्ने पक्राउ

फागुन ८ । जिल्लामा चर्पी निर्माण भए/नभएको विषयमा अनुगमन गर्न गएका अनुगमन टोलीका एक सदस्यलाई कुटपिट गर्ने दुई युवक पक्राउ परेका छन् ।

चर्पी निर्माण गरे नगरेको विषयमा अनुगमन गर्न गएका खार्मीस्थित गाविसस्तरीय अनुगमन समितिका सदस्य राजन भट्टराईलाई कुटपिट गर्ने खार्मी–७ का सुरेन्द्र तामाङ र कामी भनिने दीपेन्द्र श्रेष्ठ पक्राउ परेका हुन् ।

अनुगमनमा गएका भट्टराईमाथि कुटपिट गरेपछि उनले दिएको उजुरीको आधारमा आरोपितलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरिक्षक मनोज यादवले बताउनुभयो । पक्राउ परेका आरोपित र पीडित पक्षलाई राखेर छलफल गराइ कारबाही थालिने यादवको भनाइ छ ।

‘घरमा चर्पी निर्माण गरे नगरेको’ विषयमा सोध्दा गाविस सचिव उमेश बस्नेतलाई गालीगलौज गरेको र सम्झाउनेक्रममा भट्टराईमाथि कुटपिट गरेको स्थानीयले जनाएको छ । चर्पी नबनाउने घरपरिवारलाई गाबिसबाट दिइने सेवा सुविधाबाट वञ्चित गराइने जानकारी गराउँदा तामाङ र श्रेष्ठले सचिवमाथि गालीगलौज गरेको र सम्झाउनेक्रममा आफुमाथि आइलागेको भट्टराईले जानकारी दिनुभयो ।

कुटपिटबाट भट्टराईको टाउको, हात लगायत शरीरका बिभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ । बुधबार कुटपिट गर्ने बिरुद्ध सोही दिन तालखर्क प्रहरी चौकी र बिहिबार जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी परेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post