sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बैदेसिक रोजगार सम्वन्धी सचेतनामूलक कार्यक्रम गर्न रकममाग

फागुन–११, आप्रबासी हककित संरक्षण केन्द्र खोटाङले बैदेसिक रोजगारीलाई सुरक्षित र उपलव्धीमुलक बनाउनका लागि कार्यक्रम सञ्चालन गर्न रकम माग गरेको छ । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित वनाउनका लागि जिल्लामा सचेतनामूलक कार्यक्रम सञ्चाल नगर्न भन्दै संरक्षण केन्द्रले जिल्लाबिकास समिति समक्ष आवश्यक रकम माग गरेको हो । 

स्थानीय बिकास अधिकारी महेन्द्रकुमार सापकोटालाई ज्ञापनपत्र बुझाउँदै आगामी फागुन–१३ गते हुने जिल्ला परिषदबाट बैदेसिक रोजगारी सम्वन्धी कार्यक्रम सञ्चालनका लागि बजेट बिनियोजन गर्न माग गरिएको आप्रबासी हककित संरक्षण केन्द्रका अध्यक्ष माधव राईले बताउनुभयो । बैदेसिक रोजगारी सम्वन्धी चेतनामूलक कार्यक्रम सञ्चालनका लागि गाउँ तथा इलाका स्तरिय इलाका स्तरिय योजना तर्जुमा गोष्ठीबाट योजनापारित गरिएको र सो योजनालाई जिल्ला परिषदबाट समेत पारित गर्न केन्द्रले जिबिसको ध्यानाकर्षण गराएको छ । 

बैदेसिक रोजगारीलाई सुरक्षित र उपलव्धीमुलक बनाउनका लागि कार्यक्रम सञ्चालन गर्न जिल्लाका खोटाङबजार, बुईपा, बतासे, नुनथला, दोर्पा, जापला, हौंचुर, खार्मी, बाक्सिला, माक्पा, ऐसेलुखर्क, सप्तेश्वर, खिदिमा, खार्ताम्छा, नेर्पा, बाकाचोल लगायतका गाबिसबाट ३ लाख ८० हजार ५ सय बढि बजेट बिनियोजन भइसकेको केन्द्रका सचिव डेगराज आचार्यले बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post