sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » चर्पी अनुगमनकर्ता कुटपिट गर्ने युवकलाई ‘चर्पी अनुगमन गर्ने र प्रतिबेदन बुझाउने’ सजाय

फागुन–१२, खोटाङमा चर्पी अनुगमन गर्न गएका टोलीका सदस्यमाथि कुटपिट गर्ने दुई युवकलाई ‘चर्पी अनुगमन गर्ने र प्रतिबेदन बुझाउने’ सजाय दिइएको छ । गाउँमा चर्पी निर्माण भए–नभएको अनुगमन गर्न गएका अनुगमन टोलीका सदस्य राजन भट्टराईलाई कुटपिट गरेपछि पक्राउ परेका खार्मी–७ का सुरेन्द्र तामाङ र कामी भनिने दीपेन्द्र श्रेष्ठलाई आफ्नो गाउँमा निर्माण भएको चर्पीको प्रतिबेदन ल्याएर गाबिस स्तरिय अनुगमन समितिलाई बुझाउनुपर्ने सजाय दिइएको हो । 

गाउँको चर्पी निर्माणको विषयमा १५ दिनसम्म अनुगमन गरेर प्रतिबेदन बुझाउने द्धिपक्षीय सहमतीमा तामाङ र श्रेष्ठलाई छाडिएको गराइएको प्रहरीले जनाएको छ । कुटपिट आरोपमा उनीहरु गत शुक्रबार पक्राउ परेका थिए । 

‘घरमा चर्पी निर्माण गरे नगरेको’ विषयमा सोध्दा गाविस सचिव उमेश बस्नेतलाई गालीगलौज गरेको र सम्झाउनेक्रममा भट्टराईमाथि बुधबार कुटपिट गरेको स्थानीयले बताएका छन् । चर्पी नबनाउने घरपरिवारलाई गाबिसबाट दिइने सेवा सुविधाबाट वञ्चित गराइने जानकारी गराउँदा उनीहरुले सचिवमाथि हप्कीदप्की सुरु गरेको र सम्झाउनेक्रममा आफुमाथि आइलागेको भट्टराईले बताउनुभयो । 

कुटपिटबाट भट्टराईको टाउको, हात लगायत शरीरका बिभिन्न ठाउँमा चोट लागेको छ । कुटपिट गर्ने तामाङ र श्रेष्ठ बिरुद्ध बुधबार तालखर्क प्रहरी चौकी र बिहिबार जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी परेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post