sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » अबिभाबक बिहिन बनेका ७ बालबालिकालाई आर्थिक सहयोग

माघ–१९ निम्न आर्थिक स्तर भएका र अबिभाबक बिहिन बनेका खोटाङका ७ बालबालिकालाई आर्थिक सहयोग गर्ने तयारी गरिएको छ । आर्थिक सहयोगका लागि आएको आबेदनका आधारमा जिल्ला बाल कल्याण समिति खोटाङले १६ वर्षमुनिका ७ बालबालिकालाई आर्थिक सहयोग गर्ने तयारी गरेको हो । 

मानसिक सन्तुलन गुमाएका आमाको मुस्ली प्रहारबाट बाबु रामबहादुर राई गुमाएपछि बिचल्नीमा परेका जालपा–८ का १६ वर्षीय शारदा राई, १३ वर्षीय अप्सरा राई, ११ वर्षीय चन्द्रकला राई, ८ वर्षीय सुरज राई र ५ वर्षीय मनिषा राईलाई एकमुष्ट १८ हजार, स्वास्थ्य उपचारका लागि महेश्वरीका एक बलात्कृत बालिकालाई ५ हजार, बाबु बखतबहादुर परियार ९ वर्षदेखि बिदेशबाट घर नआएको र आमाले गत वर्ष आत्महत्या गरेपछि अलपत्र बनेकी महादेबस्थान–४ का बबिसा परियारलाई ५ हजार प्रदान गर्ने निर्णय गरिएको जिल्ला बाल अधिकार अधिकृत रबिन राईले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाको अध्यक्षतामा सोमबार बसेको बैठकले उनीहरुको नाजुक अवस्थालाई मध्यनजर गर्दै आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । यस्तै, बिवाहअघि भएको सम्पर्कबाट आमा बनेकी खार्मीकी एक आमालाई नवजात शिशुको उपचारका लागि ५ हजार आर्थिक सहयोग गर्ने निर्णय भएको छ । 

आमाको मृत्यु भएपछि बाबु अमरबहादुर जेठी आमासँग बसेको र अलपत्र छाडिएका महादेबस्थान–५ का किसाना राईलाई बालगृहको जिम्मा लगाउने, मूख्या अबिभाबककारुपमा रहेका बाबु उनसेर राईको मृत्यु भएपछि बिचल्नी बनेका महादेबस्थान–२ कै प्रदिप राईको अवस्थाको विषयमा अध्यन गर्नकालागि प्रहरीलाई आग्रह गर्ने निर्णय भएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post