sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » दोश्रो बिवाह गर्ने श्रीमानलाई एक वर्ष कैंद र जरिवाना

माघ–२८, जिल्ला अदालतले बहुबिवाहको आरोपमा पक्राउ परेका खोटाङ मौवाबोटे–६ का भूमीराज राई र कान्छी श्रीमतीलाई १० हजार जरिवाना सहित एक वर्ष कैंद सजाय सुनाएको छ । जेठी श्रीमती जेल परेकोबेला दोश्रो बिवाह गरेको उजुरीका आधारमा पक्राउ परेका भूमीराज र उहाँकी कान्छी श्रीमतीलाई अदालतले १० हजार र एक वर्ष कैंद सजाय सुनाएको हो । आफु जेलमा रहेको समयमा बिदेशबाट फर्किएका श्रीमानले गत फागुन–१४ गते दोश्रो बिवाह गरेको भन्दै जेठी श्रमिती प्रमिला राईले श्रीमान भूमीराज बिरुद्ध फागुन–२९ गते दिक्तेल कारागारबाटै उजुरी दिनुभएको थियो । 

श्रीमान बिदेशमा रहेकै समयमा प्रमिला हत्या आरोपमा कारागार चलान हुनुभएको थियो । गत माघ–१ गते आफैमाथि बलात्कार गर्न खोजेको आरोपमा कुटपिट भएका जेठाजु दिलकुमार राईको मृत्यु भएपछि पक्राउ परेकी प्रमिलालाई जिल्ला अदालत खोटाङले माघ–२८ गते पुर्पक्षकालागि थुनामा राख्न आदेस दिएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post