sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » पत्रकारमाथि धावा बोलेको प्रति महासंघको ध्यानाकार्षण

फागुन–१३, समाचार लेखेकै विषयलाई लिएर जिल्लाका पत्रकारहरुमाथि धावा बोलेको भन्दै नेपाल पत्रकार महासंघ खोटाङले ध्यानाकार्षण भएको जनाएको छ । जनताले पाउने सूचना पत्रकारहरुले प्रवाह गर्दा धम्कीपूर्ण अभिव्यक्ति आउनु दुःखद् भएको भन्दै पत्रकार महासंघले विज्ञप्तीमार्फत आपत्ती जनाएको हो ।

पछिल्लो समय जिल्लामा क्रियाशील सञ्चारकर्मीहरु र विभिन्न सञ्चार माध्यममाथि धावा बोल्ने क्रम बढिहेको ठहर गर्दै आफ्नो गल्ति ढाक छोप गर्न केही व्यक्तिहरु उद्धत रहेको महासंघले जनाएको छ । विज्ञप्तीमा भनिएको छ, “स्थानीय शान्ति समितिका पूर्व संयोजक रामप्रसाद दंगालले आफू संलग्न भएको द्वन्द्व पीडितका लागि सञ्चालित सीपमुलक तालिममा अनियमितता गरेको पुष्टि गर्न चेतावनी दिदै दुई लाख रुपैया पुरस्कार दिने भन्दै धम्कीपूर्ण भाषा प्रस्तुत गर्ने उहाँको दुस्साहसप्रति खेद प्रकट गर्दछौं ।”

यसै विषयलाई लिएर महिला अधिकाररार्थ पहरेदारको रुपमा काम गर्दै आएको मानव अधिकार महिला रक्षक सञ्जाल खोटाङमा आवद्ध पूर्णमाया तामाङ लगायतले विषयवस्तु नबुझी अनाहकमा पत्रकारमाथि अभद्र व्यवहार गरेको विषयप्रति पनि महासंघले ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष दमन राई र सचिव उजिर कार्कीले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा भनिएको छ, “आगामी दिनमा यस्ता गल्ति नदोहो¥याउन हामी विनम्रताका साथ अपिल गर्दछौं ।”

द्धन्द्ध पीडितको सीप विकासमा स्थानीय शान्ति समितिमा आएको दुई लाख रुपैयाँ रकममध्ये दंगालले एक लाख ४१ हजार रकम अनियमितता गरेकोमा ३० हजार रुपैयाँको चेक शान्ति समितिलाई बुझाएको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन भएको थियो । उक्त समाचार प्रकाशन भएपछि दंगालले पुष्टी गर्न र पुष्टी गरेको खण्डमा दुई लाख पुरस्कार दिने धम्कीपूर्ण भाषा प्रयोग गर्दै विज्ञप्ती जारी गरेका थिए । 

शान्ति मन्त्रालयबाट द्धन्द्धको समयमा पीडित भएका, मृत्यु भएका तथा अपाङ्गता भएकाहरूको लागि आयआर्जन तथा सीपमूलक तालिम गराउन गत आर्थिक वर्षमा दुई लाख रुपैयाँ आएको थियो । मोटरसाईकल वर्कसप, ब्युटिपार्लर, होटल व्यवसाय र मोवाइल मर्मत तालिमका लागि ५० हजारका दरले रकम आएको थियो । 

मोटरसाईकल वर्कशप तालिममा २३ हजार, ब्युटिपार्लर सम्बन्धी तालिममा १२ हजार, होटल व्यवस्थापन तालिममा छ हजार र मोवाइल मर्मत तालिममा १८ हजार मात्र रकम खर्च भएको राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभएको छ । उहाँले भन्नुभयो, “एक लाख ४१ हजार रुपैयाँ अनियमितता भएको मध्ये उहाँले ३० हजार रुपैयाँको चेक शान्ति समितिलाई फिर्ता गर्नुभएको छ, सबैभन्दा ठूलो कुरा सिस्टममा आउनुभयो, हामीले त्यही खोजेका हौं ।”

दंगालले एक महिना गराउनु पर्ने तालिम ४÷५ दिन मात्र गराएको तालिममा सहभागीहरुले बताएका छन् । तोकिए अनुसार तालिम नपाएपछि मोटरवाईक वर्कशव तालिममा सहभागी नानीराम रिजालको नेतृत्वमा द्धन्द्ध पीडितले छानबिनको माग गर्दै स्थानीय शान्ति समिति र जिल्ला प्रशासन कार्यालय खोटाङमा उजुरी दिएका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post