sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » सहमती नभए ‘प्रकृया’मा गएर संविधानः उपप्रधानमन्त्री सिंह

फागुन–१३, उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले ‘प्रकृया’बाटै संविधान जारी हुने बताउनुभएको छ । ‘सृर्जनशिल खोटाङको चाहना, समतामूलक आत्मनिर्भर र संबृद्ध समाजको स्थापना’ भन्ने नाराकासाथ बुधबार खोटाङको २२ औं जिल्ला परिषद उद्घाटन गर्नुहुँदै मन्त्री सिंहले सहमतीको प्रयास गरिने तर सहमती नजुटे प्रकृयाबाटै संविधान जारी हुने बताउनुभएको हो । 

कांग्रेस महामन्त्री समेत रहनुभएका सिंहले संविधानसभामा सहमती नजुटे अन्तिममा प्रकयामा गएर भएपनि मुलुकमा लिखित लोकतान्त्रिक संविधान जारी हुने बताउनुभयो । अझै पनि सबैको चित्त बुझाएर, सबैको चित्त बुझ्ने किसिमको साझा संविधान निर्माण गर्नेमा हाम्रो जोड रहन्छ, सिंहले भन्नुभयो, “यदि सहमती जुटेन भने मुलुकलाई सँधै बन्धक राख्नु हुन्न, प्रकृयामा गएर भएपनि संविधान जारी गर्नुपर्ने हुन्छ ।” 

पहिलो संविधानसभाबाट भएको गल्तीलाई दोश्रो संविधानसभामा नदोहो¥याउन नहुने पनि उहाँले बताउनुभयो । सहमती खोज्दाखोज्दै प्रकृया बिर्सिएले पहिलो संविधानसभाबाट लिखित संविधान जारी हुन नसकेको सिंहको भनाइ थियो । उहाँले भन्नुभयो, “अब दोश्रो संविधानसभामा यस्तो हुन दिनुहुँदैन, वार्ता र सहमती नभए प्रकृयामा गएर भएपनि मुलुकलाई नयाँ संविधान दिनुपर्छ ।” 
बिरुवामा पानी हालेर खोटाङ जिल्लाको २२ औं जिल्ला परिषद् उद्घाटन गर्नुहुँदै उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह । 
सबै दलले दोश्रो संविधानसभापछि माघ–८ मा संविधान दिने भन्दै शफथ खाएपनि एमाओवादी लगायतका दलहरुका कारण संविधान जारी हुन नसकेको मन्त्री सिंहको आरोप थियो । सबै दलले प्रतिज्ञा गरेअनुसार जनतालाई संविधान दिन नसकेर ठूलो गल्ती गरेको उहाँले बताउनुभयो ।

२०६२÷०६३ को आन्दोलनबाट प्राप्त उपलब्धी र जनादेशलाई संस्थागत गर्नका लागि पनि मुलुकमा नयाँ संविधानको खाँचो रहेको सिंहको भनाइ थियो । संघीयता, लोकतन्त्र, गणतन्त्र, समाबेसिता र धर्मनिरपेक्षतालाई संस्थागत गर्नका लागि पनि लिखित संबिधान जारी गर्नुको बिकल्प नरहेको सिंहले बताउनुभयो । 
पानसमा बत्ती बालेर खोटाङ जिल्लाको २२ औं जिल्ला परिषद् उद्घाटन गर्नुहुँदै उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह । 
जिल्ला विकास समितिको समिक्षालय हलमा भएको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै मन्त्री सिंहले खोटाङ र तराई जोड्ने जयरामघाटको पक्की पुलको निर्माण कार्य यसै वर्ष पूरा गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो । हेलीकोप्टरमार्फत खोटाङ आउनुभएका मन्त्री सिंह सदरमुकाम दिक्तेलमा निर्माणाधिन कांग्रेस पार्टी कार्यालय अनुगमनपछि भोजपुर जानुभएको छ । 



यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post