sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » अग्नी पिडितलाई इजरायलबाट आर्थिक सहयोग


माघ–२१, आगलागीबाट घरबिहिन बनेका खोटाङ देबिस्थान–१ पैयाँटार पायोङका प्रकाशपुष्पक राईलाई इजरायलमा बसिरहेका नेपालीबाट आर्थिक सहयोग प्राप्त भएको छ । 

भान्छा घरबाट सल्किएको आगोले दुई वटा घर र सम्पूर्ण सामान जलेका राईलाई हाल इजरायलमा रहेका धरानका चन्द्रा लिम्बु, दमकका तारा लावती र काठमाडौका गंगा लिम्बुले ३७ हजार ७ सय सहयोग गरेका हुन् । बिचल्नीमा परेका राई परिवारको दैनिक जीवनयापनमा सहजताका लागि उनीहरुले इजरायलबाट सहयोग रकम पठाएका हुन् । प्राप्त सहयोग रकम हुण्डीमार्फत मंगलवार पिडित परिवारको हातमा पु¥याइएको छ । 

हाल मलेसियामा कार्यरत खोटाङ बतासेका प्रदीप राईको पहलमा अग्नी पिडित राईको सहयोगार्थ रकम संकलन भएको मलेसियाबाट चिसाङ शेर्पाले जानकारी दिए । गत माघ ११ गते भएको आगलागीमा दुईवटै घर, एक थान कम्प्युटर, एक थान टेलिभिजन, सोलार, मोबाईल, लत्ताकपडा तथा भाडाकुडा नष्ट भएपछि पिडित परिवार हाल अस्थाई टहरा बनाएर बसिरहेका छन् । अग्नी पिडित राई भने रोजगारीको सिलसिलामा हाल मलेसियाको राजधानी क्वालालम्पुरमा कार्यरत छन् । आगलागीबाट राईको करिब २० लाखको क्षतीभएको अनुमान गरिएको छ ।
फोटोः नयन मञ्जरी ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post