sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » एमाले नेताले हिनामिना गरेको रकम फिर्ता गरे

फागुन ८ । स्थानीय शान्ति समिति खोटाङका पूर्व संयोजक रामप्रसाद दंगालले आफू संयोजक भएको समयमा हिनामिना गरेको रकम फिर्ता गरेका छन् ।

नेकपा एमालेका जिल्ला सचिव समेत रहेका दंगालले आफू शान्ति समितिको संयोजक रहेको समयमा हिनामिना गरेको एक लाख ४१ हजार रुपैयाँ रकममध्ये ३० हजार रुपैयाँ रकम फिर्ता गरेका हुन् ।  

द्धन्द्ध पीडितको सीप विकासका लागि आएको रकम आफू संयोजक रहेको समयमा हिनामिना गरेको आरोप लागेपछि दंगालले ३० हजारको चेक शान्ति समितिलाई बुझाएको राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँले ३० हजार रुपैयाँको चेक फिर्ता गर्नुभएको छ, सबैभन्दा ठूलो कुरा सिस्टममा आउनुभयो, हामीले त्यही खोजेका हौं ।”

शान्ति मन्त्रालयबाट द्धन्द्धको समयमा पीडित भएका, मृत्यु भएका तथा अपाङ्गता भएकाहरूको लागि आयआर्जन तथा सीपमूलक तालिम गराउन गत आर्थिक वर्षमा दुई लाख रुपैयाँ आएको थियो । मोटरसाईकल वर्कसप, ब्युटिपार्लर, होटल व्यवसाय, मोवाइल मर्मत तालिमका लागि ५० हजारका दरले रकम आएको थियो । त्यसमध्ये मोटरसाईकल वर्कशप तालिममा २३ हजार, ब्युटिपार्लर सम्बन्धी तालिममा १२ हजार, होटल व्यवस्थापन तालिममा छ हजार र मोवाइल मर्मत तालिममा १८ हजार मात्र रकम खर्च भएको श्रेष्ठको भनाइ छ । 

दंगालले एक महिना गराउनु पर्ने तालिम ४/५ दिन मात्र गराएको तालिममा सहभागीहरुले बताएका छन् । तोकिए अनुसार तालिम नपाएपछि मोटरवाईक वर्कशव तालिममा सहभागी नानीराम रिजालको नेतृत्वमा द्धन्द्ध पीडितले छानबिनको माग गर्दै स्थानीय शान्ति समिति र जिल्ला प्रशासन कार्यालय खोटाङमा उजुरी दिएका थिए । 

रकम हिनामिनाको विषयमा शान्ति समितिको बैठकमा पटक–पटक कुरा उठे पनि दंगालले आफूले रकम हिनामिना नगरेको दावी गर्दै आएका थिए । चक्रीय प्रणालीमार्फत ६/६ महिना राजनीतिक दलले नेतृत्व गर्ने शान्ति समितिमा गत फागुनदेखि साउनसम्म दंगाल संयोजक रहेका थिए । 

दंगालले भने यसमा आफ्नो कुनै संलग्नता नरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “केही साथीहरु आफूविरुद्ध झुटो आरोप लगाएर चरित्र हत्या गर्न लागी परेका छन्, यसमा पुष्टी गरेर देखाउन चेतावनी दिन्छु ।”

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post