sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » बालिका बलात्कार गर्ने एक युवा पक्राउ

माघ–२९, बालिका बलात्कार गरेको आरोपमा खोटाङका एक युवा पक्राउ परेका छन् । स्थानीय १४ वर्षीया एक बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा बुइपा–२ का १८ वर्षीय उदेश राई पक्राउ परेका हुन् । 

छिमेकीको विवाह भोजबाट तानेर झाडीतर्फ लगी जबरजस्ती बलात्कार गरेको आफन्तले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमले जानकारी दिनुभयो । विवाह भोजमा सघाउन गएकी बालिका सोमबार बिहान करिब चार बजे बलात्कृत भएपछि सोही दिन आफन्तले दिएको उजुरीको आधारमा प्रहरी चौकी बुइपाबाट खटिएका प्रहरी टोलीले उनलाई बुधबार साँझ घरैबाट पक्राउ गरेको गौतमको भनाइ छ । 

पक्राउ परेका राईविरुद्ध जबरजस्ती करणी महल अन्तरगत मुद्दा दर्ता गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका राईले उनीसँग आफ्नो लामो समयदेखि प्रेम रहेको र सो दिन सहमतीमै यौन सम्पर्क गरेको अनुसन्धानका क्रममा बताएको गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “१६ वर्षमुनीका बालिकालाई निजको मञ्जुरी लिई वा नलिई यौन सम्पर्क गरेमा जबरजस्ती करणी गरेको ठहर्ने मूलुकी ऐन जबरजस्ती करणी महल (१) मा उल्लेख भएकाले उनले सहमतीमै यौन सम्पर्क गरेको भएपनि कारबाही हुने छ ।”

बलात्कृत भएपछि आफन्तको साथमा उजुरी दिन आएकी बालिकाको जिल्ला अस्पताल खोटाङमा स्वास्थ्य परीक्षण गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post