sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » महिला संघकी अध्यक्षमा रामकुमारी निर्बिरोध

माघ–२५, नेपाल महिला संघ खोटाङको अध्यक्षमा रामकुमारी राई चयन हुनुभएकको छ । ‘समान अधिकार शान्ति र संविधान, नेपाल महिला संघको तेश्रो जिल्ला सम्मेलन’ भन्ने नाराका साथ आईतबार कांग्रेसको पार्टी कार्यालयमा सम्पन्न सम्मेलनले राईलाई अध्यक्षमा निर्बिरोध चयन गरेको हो । 

जिल्ला सम्मेलनले कोषाध्यक्षमा मञ्जु कार्की (बस्नेत) र सचिवमा बिमला राई चयन गरेको छ । अन्य सदस्यहरु निर्वाचित समितिबाट छनौट गरिने संघले जनाएको छ ।

सम्मेलनमा क्षेत्रीय कार्य समिति पनि गठन गरिएको छ । क्षेत्र नम्बर–१ मा थामसरी राईलाई अध्यक्षमा चयन गरिएको छ । समितिको कोषध्यक्षमा पुजन दाहाल र सचिवमा कविता राईलाई चयन गरिएको छ ।
क्षेत्र नम्बर–२ मा निर्मला राईलाई अध्यक्षमा चयन गरिएको छ । समितिको कोषाध्यक्ष्यमा तुलसा बस्नेत र सचिवमा कमला थापा रहनुभएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post