sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ‘नमस्ते खोटाङ’ पुरुष भलिबल कपको उपाधि खोटाङ स्पोट्स् क्लबलाई

माघ–२७, खोटाङको बिकास र पर्यटन प्रबर्धनकालागि पश्चिमी गाबिस अर्खौलेमा आयोजना गरिएको ‘नमस्ते खोटाङ–२०७१’ जिल्लाव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगीताको उपाधि खोटाङ स्पोट्स् क्लबले हात पारेका छ । 

भलिबलतर्फ जिल्लाको हालसम्मकै ठूलो राशीको प्रतियोगीताको दोश्रो पुरस्कार दोर्पाचिउरीडाडाँ र तेश्रो उपाधि सल्ले गाबिसले हात पारेको आयोजक समितिका सदस्य प्रमोद श्रेष्ठले जानकारी दिनुभयो । गत माघ–२० गतेदेखि सोमबारसम्म सञ्चालन गरिएको प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने समुहले नगद ५१ हजार, दोश्रो हुने समुहले ३० हजार र तेश्रो स्थान प्राप्त गर्ने समुहलाई २० हजारका साथमा शिल्ड, मेडल र ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ ।

ओझेलमा परिरहेका खोटाङको पर्यटकीय क्षेत्र र सुन्दरताको प्रचार–प्रसार गर्दै खोटाङलाई गन्तव्यकारुपमा बिकास गर्नका लागि आयोजना गरिएको कार्यक्रम ‘नमस्ते खोटाङ–२०७१’ अन्तरगत जिल्ला खेलकुद बिकास समितिको सहयोगमा भलिबल प्रतियोगीता गरिएको कार्यक्रम संयोजक प्रकाश पुरीले बताउनु भयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post