sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » मानव अधिकार कार्यान्वयन तथा समन्वय समिति स्थापना

फागुन–११, खोटाङमा जिल्ला स्तरिय मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन तथा समन्वय समिति स्थापना गरिएको छ । जिल्लामा मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन गराउन तथा समन्वयका लागि प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाको संयोजकत्वमा ११ सदस्यीय समिति स्थापना गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयमा आईतबार बसेको भेलाले मानव अधिकार कार्ययोजना कार्यान्वयनका लागि जिल्लाका सरकारी निकायलाई निर्देशन दिन र यस सम्वन्धी क्रियाकलापहरुको कार्यान्वयन गर्दै मानव अधिकार स्थितिको समिक्षात्मक प्रतिबेदन तयार गर्नकालागि समिति गठन गरिएको जनाइएको छ । 

स्थानीय बिकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, जिल्ला स्वास्थ्य प्रमुख, जिल्ला न्यायधिबक्ता, राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय प्रमुख, महिला बिकास अधिकृत, नेपाल बार एसोसियन, नेपाल पत्रकार महासंघ र गैर–सरकारी संस्था महासंघका प्रतिनिधि सदस्य रहेको समितिको सदस्य सचिवमा सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post