sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » चट्याङले जालपाका चार घाइते

खोटाङ, फागुन ७ । चट्याङ लागेर खोटाङको जालपाका चार स्थानीय घाइते भएका छन् । बुधबार राती पानीसँगै परेको चट्याङ लागेर जालपा–३ का १४ वर्षीय अनिता राई, ३१ वर्षीय पार्वती बिश्वकर्मा, १८ वर्षीय सम्झना राई र ७२ वर्षीय दलबहादुर राई घाइते हुनुभएको हो । 

चट्याङको चोटका कारण अझै होस नखुलेको पार्वती र अनिताको अहिले जनसेवा सामुदायीक अस्पताल जालपामा उपचार भइरहेको छ । सामान्य उपचारपछि सम्झना र दलबहादुर भने घर फर्किएको अस्पतालले जनाएको छ । 

चट्याङका कारण घाइतेहरुको टाउको र शरीरका बिभिन्न भाग जलेको स्थानीय स्वयंसेवक सर्मिला बिश्वकर्माले जानकारी दिनुभयो । चट्याङ लागेर जालपा–२ मा पनि एक जना घाइते भएको स्थानीयले बताएका छन् । 

चट्याङका कारण जालपा–३ का सर्वजित राईको घरभित्र राखिएको विद्युतको तार, मोबाईल, चार्जर, मल्टिप्लक लगायतका बिद्युतीय सामान जलेको बिश्वकर्माले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post