sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » खोटाङका शेर्पा समुदायले मनाए ल्होसार

खोटाङ, फागुन ८ । खोटाङको शेर्पा समुदायले धुमधामकासाथ २१४२ औं सिम्फो लुक्लो ग्याल्पो ल्होसार मनाएका छन् ।

जिल्लाको दिक्तेल मुढेका शेर्पा समुदायले बिहिबार दिक्तेल–७ मा रहेको थ्याक्छोक साङ्छेन मेन्टोल छोलिङ गुम्बामा ग्याल्पो ल्होसार मनाएका हुन् ।

आफ्नो संस्कार संस्कृतिको प्रचार प्रसार तथा जगेर्ना गर्न आव्हान गर्दै उनीहरुले संयुक्तरुपमा सिम्फो लुक्लो ग्याल्पो ल्होसार मनाएका छन् । गुम्बामा दिनभर लामाबाट पूजापाठ गर्दै लोसार मनाइएको स्थानीय एन्टी शेर्पाले जानकारी दिए ।

 शेर्पा भेषभुषामा सजिएर एक आपसमा शुभकामना आदान प्रदान गर्दै र बिभिन्न किसिमका परिकार खाँदै ल्होसार मनाइएको शेर्पाले जनाए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post