sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » निर्माणाधिन मन्दीरका लागि आर्थिक अभाब

फागुन–९, खोटाङको बिजयखर्कमा निर्माणाधिन भैरबेश्वर महादेब मन्दीरका लागि आर्थिक अभाब भएको छ । १५ लाखको लागतमा पूरा गर्ने लक्ष्यकासाथ निर्माण सुरु गरिएको ऐतिहाँसिक मन्दीरकालागि १२ लाख रुपैयाँ आर्थिक अभाव भएको निर्माण समितिका अध्यक्ष देबराज शर्मा पोखरेलले बताए । गत फागुन–६ गते शिलान्यास गरिएको मन्दीरको निर्माण कार्य आर्थिक अभावमा अलपत्र बनेको छ । 

करिब तीन सय बर्ष अगाडिदेखि पुजापाठ हुँदै आएको मन्दिर जीर्ण बनेपछि पुःननिर्माणका काम सुरु गरिएको पोखरेलले जनाए । मन्दिर निर्माणका लागि नेपाल सरकार पर्यटन मन्त्रालयबाट ३ लाख रुपैंयाँ प्राप्त भए पनि बाँकी रकम जुटाउन समस्या परेको निर्माण समितिले जनाएको छ । ‘१५ लाखको इस्टिमेटमा ऐतिहासिक मन्दीरको निर्माणको काम त थलियो,’ अध्यक्ष पोखरेलले भने, ‘तर हामीलाई १२ लाख अपुग छ, हामी ठूलो आर्थिक संकटमा परेका छौँ ।’ 

मन्दिर निर्माणकालागि आवश्यक सामाग्री खरिद गर्न जानेक्रममा भैरबेश्वर सामाजिक बिकास प्रतिष्ठानका तत्कालिन अध्यक्ष नारायण पोखरेलको कटारी–घुर्मी सडकखण्डमा कार्तिक–१० गते भएको दुर्घटनामा मृत्यु भएपछि पनि मन्दीर निर्माणको कामले गति लिन नसकेको पोखरेलले बताए । 

हरेक शिबरात्री, रामनवमी, तीज, दशैंलगायतका अवसरमा मेला लाग्ने मन्दिरमा दैनिक पुजापाठ हुने गरेको छ । स्वस्थानी ब्रत कथामा समेत शक्तिपीठरुपमा सो मन्दीरको नाम उल्लेख भएका कारण त्यहाँ दर्शनार्थीको घुँइचो लाग्ने गरेको स्थानीय रमेश पोखरेलले बताए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post