sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » रुखबाट लडेर वृद्धको ज्यान गयो

माघ–२३, रुखबाट लडेर खोटाङमा एक वृद्धको ज्यान गएको छ । दिक्तेल नगरपालिका–१५ खाल्लेका ६७ वर्षीय तीलकबहादुर राईको ज्यान गएको हो । 

घर नजिकैको रुखबाट बिहीबार साँझ लडेर गम्भीर घाइते बनेका राईको उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नावय निरीक्षक यादव गौतमले जानकारी दिनुभयो । रुखबाट लडेका राईको टाउकोमा गहिरो चोट लागेको थियो । 

खसीलाई घाँस काट्न रुख चडेका राई ओर्लने क्रममा लडेर घाइते भएको आफन्तले जनाएको छ । मृत राईको शवको पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post