sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » कृत्रिम अभावलाई निर्मूल पार्न सशक्त अनुगमन गर्नुस्ः मन्त्री थापा

फागनु–११, वाणिज्य तथा आपूर्ती मन्त्री सुनिलबहादुर थापाले जिल्लामा हुने कृत्रिम अभावलाई निर्मूल पार्न बजार अनुगमनलाई सशक्त बनाउन प्रशासनलाई निर्देशन दिनुभएको छ । उद्योग वाणिज्य संघ खोटाङको सातौं साधारणसभा तथा जिल्ला अधिवेशन उद्घाटन गर्दै मन्त्री थापाले विभिन्न बहानामा गरिने कृतिम अभावलाई न्युनिकरण गर्दै उपभोक्ताको हितमा काम गर्न प्रशासनलाई निर्देशन दिनुभएको हो । 

सदरमुकाम दिक्तेलस्थित जिल्ला विकास समितिको समिक्षलय हलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मेरै पार्टीको मान्छे परेपनि मबाट कुनै हस्तक्षेप हुने छैन, जसरी हुन्छ उपभोक्ताको हितमा रहेर काम गर्नुस् ।”

पुर्वको पशुपतिनाथ भने चिनिने हलेसीको दर्शनपछि वाणिज्य संघको कार्यक्रमलाई सम्बोधन गर्न आइपुग्नुभएका मन्त्री थापाले जिल्लामा पेट्रोल पम्प स्थापनाका लागि पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लोकमार्गले छोएको तर पेट्रोल पम्प नभएका जिल्लामा आफू मन्त्री भएकै समयमा पेट्रोल पम्प स्थापनाको पहल गर्ने बताउनुभयो । जनताको दैनिक जीवनसँग जोडिएको पेट्रोल पम्पको एकाधिकारलाई निराकरण गर्दै निजी क्षेत्रमा बजार बिस्तार गर्नुपर्ने पक्षमा आफू अग्रसर रहेको उहाँले दावी गर्नुभयो । 

मन्त्री थापाले औद्योगित क्षेत्र बिस्तारका लागि आन्तरिक बजारलाई प्रवद्र्धन गर्न जिल्लाबासीलाई सुझाब पनि दिनुभयो । उहाँले भन्नुभयो, “सरकार यसका लागि नयाँ वाणिज्य नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ,, केही हप्तामै त्यो कार्यान्वयन हुन्छ ।”

मन्त्री थापाले जनतालाई समयमा शान्ति र संविधान दिन नसक्दा ‘लाज लागेको’ बताउनुभयो । संविधान निर्माणका क्रममा नेताहरुले दुई–दुई पटक आत्मघाती गोल हानेर आफै हार्ने काम गरेको मन्त्री थापाको भनाइ थियो । हामीले माघ–८ मा संविधान दिन सकेनौँ, उहाँले भन्नुभयो, “अबका दिनमा सहमती र सहकार्यमा मुलुकलाई निकास दिने किसिमको संविधान निर्माण गर्न पहल गर्छौँ, यसका लागि सबैले नेताहरुलाई घच्घचाउने अवस्था आएको छ ।” 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post