sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ‘पैसा दिन्छु’ भन्दै बालिका करणी गर्न खोज्ने युवा पक्राउ

फागुन । बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा खोटाङका एक युवा पक्राउ परेका छन् । स्थानीय १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा दिक्तेल नगरपालिका–३ का २३ वर्षीय रमेश आचार्य पक्राउ परेका हुन् ।

आफ्नै घरमा सुतिरहेका बालिकालाई बाहिर बोलाएर ‘पैसा दिन्छु’ भन्दै जबरजस्ती करणी गर्न खोजेपछि आफन्तले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमले जानकारी दिनुभयो । रक्सीले मातेर बालिकाको घर गएका आचार्यले शुक्रबार बिहान बालिकाको कपडा खोलेर जबरजस्ती करणी गर्न खोजेको पीडित बालिकाको आफन्तले जनाएको छ । 

घटनापछि आफन्तले थाहा पाउना साथ फरार भएका आचार्यलाई शुक्रबारै पक्राउ गरिएको गौतमले जानकारी दिनुभयो । पक्राउ परेका आचार्यविरुद्ध जबरजस्ती करणी उद्योग अन्तरगत मुद्दा दर्ता गरेर कारबाही थालिएको प्रहरीले जनाएको छ । 

बालीकाको स्वास्थ्य परीक्षणपछि घर पठाइएको गौतमले जानकारी दिनुभयो । उनको अवस्था सामान्य रहेको आफन्तले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post