sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बडहरेमा ग्रामिण सडकको शिलान्यास

खोटाङ, फागुन ८ । खोटाङको बडहरेमा ग्रामिण सडक शिलान्यास गरिएको छ । खोक्सेलीस्थित मन्दीरबाट घोपाटार जोड्ने ११ किलोमिटर लामो सडक गाबिस सचिव चन्द्र कट्वालले शिलान्यास गर्नुभएको हो ।

गाबिस तथा संसदीय बिकास कोष गरी १७ लाखको लागतमा स्क्याभेटर प्रयोग गरी सडक निर्माण सुरु गरिएको हो । गाउँमा सडकको पहुँच बिस्तार गर्नेलक्ष्यकासाथ मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम सडक खण्डसँग जोडेर सडक निर्माण सुरु गरिएको लक्ष्मी महतले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०६९÷०७० को गाउँ परिषदबाट बिनियोजन गरिएको ५ लाख, २०७१/०७२ मा बिनियोजन गरिएको ३ लाख तथा संसदीय बिकास कोषको १० लाखको लागतमा सडक बिस्तार सुरु गरिएको जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post