sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » खोटाङ पुगेर मन्त्री सिंहले भने- 'मुलुकलाई सँधै बन्धक बनाएर राख्न सकिन्न'

फागुन–६, उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले मुलुकलाई सँधै बन्धक बनाएर राख्न नसकिने बताएका छन् । उनले सडकबाट संविधान जारी गर्छु भन्नु मुर्खता भएको पनि बताउनुभएको छ ।

खोटाङको महुरे–फोक्सिङ्टार सडक उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै कांग्रेस महामन्त्री समेत रहनुभएका सिंहले लिखित लोकतान्त्रिक संविधान सदनबाट मात्र सम्भव हुने बताउनुभयो । 

महुरे–फोक्सिङ्टार सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सिंह ।
संविधान सदनबाट मात्र सम्भव छ, तीस दलीय मोर्चाको आन्दोलनप्रति इंकित गर्नुहुँदै मन्त्री सिंहले भन्नुभयो, “सडकबाट संविधान घोषणा गर्छु भन्नु माओवादी नेतृत्वको मोर्चाको मुर्खता मात्र हो, यसका लागि हामी सहमतीको पर्खाइमा छौं ।”

हेलीकोप्टर मार्फत खोटाङ आउनुभएका सिंहले सबैलाई समेटेर सहमतीमा संविधान निर्माणको प्रयासलाई जारी राखिने तर सहमती नजुटे प्रकृयाबाटै लोकतान्त्रिक संविधान जारी हुने बताउनुभयो । सबैको चित्त बुझाएर, चित्त बुझ्ने किसिमको साझा संविधान जारी गरिने छ, सिंहले भन्नुभयो, “यदि हुँदै भएन भने, मुलुकलाई सँधै बन्धक बनाएर राख्न सकिन्न, प्रकृयामा गएर भएपनि नयाँ संविधान जारी हुन्छ ।” 

संविधान निर्माणका क्रममा पहिलो संविधानसभाबाट भएको गल्तीलाई दोश्रो संविधानसभामा नदोहो¥याइने सिंहको भनाइ थियो । उहाँले भन्नुभयो, “देशमा कांग्रेस नेतृत्वकै सरकारले नयाँ संविधान दिने छ ।”

वर्तमान राजनीतिक अस्थिरताका कारण मुलुकको विकासमा असहज भएको भन्नुहुँदै मन्त्री सिंहले मुलुकको संक्रमणकालको अन्त्य गर्नु पर्नेमा जोड दिनुभयो । देशमा पर्यटन, कृषि लगायतको अथाह सम्भावना छ, उहाँले थप्नुभयो, “तर राजनीतिक अस्थिरताका कारण प्रचुर सम्भावनाहरु निरर्थक बनिरहेका छन् । त्यसैले चाँडो संविधान जारी गर्नुपर्छ ।”

महुरे–फोक्सिङटार सडक उद्घाटनका क्रममा बुधबार हेलीकोप्टरबाट खोटाङ आउनुभएका  उपप्रधान एवम् संघीय मामिला तथा स्थगानीय विकास मन्त्री प्रकाशमान सिंहको तस्बिर खिच्दै पत्रकारहरु । 

महुरे–फोक्सिङटार सडक उद्घाटनका क्रममा खोटाङ आएका उपप्रधान एवम् संघीय मामिला तथा स्थगानीय विकास मन्त्री प्रकाशमान सिंहलाई फूल मालाले स्वागत गर्दै जिल्लाका प्रमुख व्यक्तित्वहरु । 

खोटाङको महुरे–फोक्सिङटार सडक उद्घाटन कार्यक्रममा अतिथिको स्वागतमा नेवार समुदायको भेषभुषामा सजिएर उभिएका बालिकाहरु । 

तराई जोड्ने खोटाङको महुरे–फोक्सिङटार सडक रिबन काटेर उद्घाटन गर्दै उपप्रधान एवम् संघीय मामिला तथा स्थगानीय विकास मन्त्री प्रकाशमान सिंह ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post