sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङमा बस पल्टियो, सात जना घाइते

फागुन–११ । खोटाङमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । उदयपुरको कटारीबाट यात्रु लिएर सदरमुकाम दिक्तेलतर्फ आउदै गरेको ना ३ ख ४३४० नम्बरको बस सोमबार नुनथला– ८ मा पल्टिएको हो ।

उक्त दुर्घटनाममा बाक्सिला–९ का ६० वर्षीय मनकुमार राई, हलेसी–४ का २५ वर्षीय मीनकुमार बस्नेत, हलेसी–८ का ५० वर्षीय खगेन्द्रकुमार राई, जबरजङ्ग गण मुढे ब्यारेकमा कार्यरत नेपाली सेनाका जवान राम ढकाल, मात्तिम–९ का आठ वर्षीय प्रकाशप्रसाद धिमाल, ५३ वर्षीया लीलामायाँ धिमाल र ५५ वर्षीय देवीप्रसाद धिमाल घाइते भएका छन् ।

बस दुर्घटनापछि जिल्ला अस्पतालमा ल्याइएका बिरामी र उनीहरुका आफन्तहरु ।

घाइतेमध्ये मनकुमार र मिनकुमारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । खरेलका अनुसार घाइते मनकुमारको दाहिने हात भाँचिएको छ भने मीनकुमारको मुख, नाक र कानमा गहिरो चोट लागेको छ ।

जिल्ला अस्पतालले रेफर गरेका दुबै जनालाई थप उपचारका लागि यातायात व्यवसायीले आफ्नै खर्चमा जीप रिजर्भ गरेर राजधानी काठ्माण्डौं पठाएको संघका अध्यक्ष गणेशबिक्रम शाहीले जानकारी दिनुभयो । घाइते मीनकुमार रेबिजविरुद्धको खोप लगाउन सदरमुकाम आउनेक्रममा दुर्घटनामा परेका हुन् ।

अन्य पाँच घाइतेहरुको घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घुमाउरो सडकमा ‘मोड’ नपुगेर बस सडकबाट पल्टिएर पाँच मिटर तल खसेको प्रहरीको अनुमान छ ।

सडकबाट पल्टिएको बस सल्लाको रुखमा अल्झिएको थियो । यात्रुले भने चालकको लापरवाहीका कारण दुर्घटना भएको गुनासो गरेका छन् । प्रहरीले बसका चालक उदयपुर कटारी–७ का प्रदीप कार्कीलाई नियन्त्रणमा लिएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post