sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ‘खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’ को आयोजक टिम छनौट

खोटाङ, फागुन १७ ।  खोटाङमा आगामी बैसाखमा हुने ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०७२’ का लागि आयोजक टिम छनौट गरिएको छ ।

 खेल सँस्कृतिको बिकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले बैसाख–१ देखि ३ गतेसम्म सदरमुकाम दिक्तेलमा हुने प्रतियोगीताका लागि आयोजक नेपाल सितोरियो कराते संघले आफ्नो आयोजक टिम छनौट गरेको हो । 
खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका लागि अयोजक टिमका लागि प्रतिष्पर्धा गर्दै खेलाडीहरु 

बिहिबार र शुक्रबार छनौट प्रतियोगीताको आयोजना गरी १२ जना खेलाडीहरुको आयोजक टिम छानिएको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जय राईले जानकारी दिए । 

प्रतियोगीताका लागि महिलाको ४५ केजी तौल समुहमा जस्मिना राई, ५० केजी समुहमा मिसडोना राई, ५५ केजी समुहमा चन्द्रकला राई, ६८ केजी समुहमा रबिना राई र ६८ भन्दा माथि तौल समुहमा चन्द्रकला राई छानीएकी छन् । यस्तै, पुरुषतर्फ ५० केजी समुहमा अर्जुन श्रेष्ठ, ५५ केजी समुहमा नबिन राई, ६० केजी समुहमा सन्तोष राई, ६७ केजी समुहमा मिलन कसजू र ७५ केजी समुहमा राकेश राई छनौट भएको आयोजकले जनाएको छ । महिला एकल काँतातर्फ रोश्मा राई र पुरुषतर्फ मोतीचन्द्र राई छनौट भएका छन् । 

सदरमुकाम दिक्तेलस्थित माटीकोरे खेल मैदानमा सञ्चालन गरिने प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र चौथो हुने समूहले क्रमशः एक लाख, ७० हजार, ४० हजार, २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास गर्ने समूह, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिक व्यवस्थापक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई दश÷दश हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष राईले बताए । 

प्रतियोगीताका लागि प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाको संयोजकत्वमा प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता मुल आयोजक समिति गठन गरिएको छ । करिब ३५ लाखको लागतमा सम्पन्न गर्ने गरी आयोजना गरिने प्रतियोगिता सफल पार्नका लागि जिल्लास्थित सरकारी तथा गैंर’सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु उपसमितिमा समेटिएका छन् । 

चन्दा संकलनबाट आयोजना गरिने प्रतियोगितामा नेपालका पाँचै विकास क्षेत्र, विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विश्व विद्यालय तथा भारत, भुटान, बंलगलादेश र श्रीलङ्काको सहभागिता रहने आयोजकले जनाएको छ । १८ समूहको सहभागिता रहने प्रतियोगितामा चार सय ५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

७६ पदक संख्याका लागि प्रतिस्पर्धा गराइने प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ कास्य पदक रहेको छ । प्रतियोगितामा पुरुष एकल काता र महिला एकल काता तथा पुरुष टिम काता र महिला टिम कातामा तीन÷तीन जनाको समूह रहने राईले जनाए । प्रतियोगीताकालागि आर्थिक श्रोत जुटाउन चलचित्र निर्देशक तथा नायक नवल खड्काले चलचित्र ‘भिमदत्त’को च्यारिटि शो दिने भएको संघका उपाध्यक्ष मिलन कसजुले जानकारी दिए ।

यस्तै, संघले जुनियर च्यम्पीयनसिप सितोरियो कराँते प्रतियोगीता गरेको छ । १५ देखि ५० केजी समुहको प्रतियोगीतामा २५ केजी समुहमा अरुणा राई, ३० केजी समुहमा इश्वरी राई, ३५ केजी समुहमा दर्शना राई र ४० केजी समुहमा अरुणा राई बिजयी भए । यस्तै, पुरुषतर्फ २५ केजी समुहमा सुर्यचन्द्र राई, ३० केजी समुहमा अशोक राई, ३५ केजी समुहमा सरोज दाहाल, ४० केजी समुहमा रोशन गुरुङ र ४५ केजी समुहमा सुमन राई बिजयी भएका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post