sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » टिका लगाएर महिला संघको अधिबेसन गर्न लागिएको भन्दै बिरोध

माघ–१९,  गाउँ तथा क्षेत्रीय अधिबेसन नै नगरी नेपाल महिला संघ खोटाङको जिल्ला अधिबेसन गर्न लागिएको भन्दै संघका असन्तुष्ट समुहले बिरोध जनाएको छ । जिल्लाका हरेक गाबिस तथा क्षेत्रको अधिबेसन नगरी माघ–२५ गते जिल्ला अधिबेसन गर्ने तयारी गरिएको भन्दै नेतृ डिल्लीकुमारी आचार्य, बिमला राई लगायतले बिरोध जनाएका हुन् । 

नेतृत्व पंक्तीले गोजीबाट पद बाँडेर भातृ संस्थालाई आफ्नो स्वार्थ सिद्ध गर्ने माध्यम बनाउन खोजेकाले सो प्रबृत्तिको बिरोधमा उत्रिनुपरेको असन्तुष्ट पक्षले सोमबार साँझ होटल भिलेजमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 

गोजीबाट आफ्नो मान्छेलाई पद बाँडेर आफ्नो मनोकांक्षा पूरा गर्ने परिपार्टी रहेसम्म लोकतान्त्रिक व्यवस्थाको आधारशिला बन्न असम्भव भएकाले बिधि र बिद्यानअनुशार अधिबेसन गर्नुपर्ने माग अघि सारिएको पत्रकार सम्मेलनमा नेतृ बिमला राईले जानकारी दिनुभयो । सबै गाउँ तथा क्षेत्रीय अधिबेसन गरेर अधिबेसनको मिती तयार गर्नुपर्ने उहाहरुको माग छ । ‘हामीलाई कसैले दिएको पद चाहिन्न, बिधि र बिद्यान अनुशारको अधिबेसन हाम्रो माग हो,’ नेतृ आचार्यले भनिन्, ‘बिधि अनुशार जो सुकै नेतृत्वमा आएपनि हामीलाई स्वीकार्य छ ।’ गाउँ तथा इलाका अधिबेसन नगरिदा कांग्रेसमा आस्था राख्ने महिला आफ्नो अधिकारबाट बञ्चित बन्ने अवस्था आएकाले बिरोधमा उत्रनुपरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महिला संघ तथा पार्टीका नेतृत्वसँग आफ्नो मागका बिषयमा कुरा राख्दा बेवास्ता गरेकाले बिरोधमा उत्रन बाध्य हुनुपरेको नेतृ राईले बताउनु भयो । ‘हरेक गाउँ गाउँमा पुगेर अधिबेसन गर्नु प¥यो, महिलालाई अधिकारबाट बञ्चित नगराऔं भन्ने हाम्रो माग हो,’ नेतृ राईले भन्नुभयो, ‘टिका लगाएर पद दिने प्रबृत्तिको अन्त्य हुनुपर्छ, हाम्रो माग त्यही हो ।’ 

माघ–१५ देखि २० गतेभित्रमा गरिनुपर्ने गाउँ अधिबेसन अझै पूरा नभएको असन्तुष्टपक्षको दाबी छ । बिद्यानमा कम्तीमा ५१ प्रतिशत गाउँ अधिबेसन गर्नुपर्ने प्राबधान भएपनि न्यूनतम प्रकृया पूरा नभएको पत्रकार सम्मेलनमा उपस्थित कांग्रेस नेता सुमनबाबु आचार्यले बताउनु भयो । समुहले माग पूरा नभए अधिबेसनका बिरुद्धमा लाग्ने चेतावनी दिएको छ । 

यस विषयमा आधिकारिकरुपमा जानकारी नआएको कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईले बताउनु भयो । असन्तुष्ट बिचारका बिषयमा आफुहरुसँग कसैले छलफल नगरेको सभापति राईको भनाई छ । ‘पार्टीमा यस बिषयमा कुनै छलफल नै भएको छैन,’ सभापति राईले भन्नुभयो, ‘समस्याका बिषयमा हामी बुझ्छौँ ।’ 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post