sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » संघीय राज्यले देश कमजोर हुँदैन: अध्यक्ष राई

फागुन–२,  संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष अशोकुमार राईले नेपाली कांग्रेस र नेकपा एमालेको दोधारे प्रवृत्तिले संविधान निर्माणमा सहमती हुन नसकेको बताउनुभएको छ  । संघीय समाजवादी पार्टीको किरात प्रदेश समिति घोषणासभालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अध्यक्ष राईले यस्तो बताउनुभएको हो । 

खोटाङको सदरमुकाम दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले राज्यको तर्फबाट कागजमा कबोल गरेका कुराहरुलाई कार्यान्वयन नगरी अहिले कांग्रेस–एमालले बल मिच्याई गर्दै पञ्चायतको लाश बोकेर हिडिरहेको आरोप लगाउनुभयो । कांग्रेस–एमाले लगायतका दलले बहुमतको आधारमा पहिचान विरोधी संविधान जारी गर्ने प्रपञ्च रचेकाले पहिचान स्थापित गर्न संघीय समिति घोषणा गरिएको राईले जानकारी खिनुभयो । उहाँले भन्नुभयो, “पहिचान सहितको संघीय संविधान निर्माणमा लागि यो समिति जस्तो सुकै आन्दोलन गर्न पनि पछि पर्दैन ।” 

मुलुकको निकास र विकास चाहने सबै नेपाली जनताको स्वामित्वको संविधान जारी गर्ने हो भने सहमतिका अधारमा संविधान जारी गर्नुपर्ने बताउदै राईले पहिचानसहितको संघीय राज्यले देश कमजोर होइन राष्ट्रिय एकता र सुदृढिकरण हुने दावी गर्नुभयो । सत्ताशिन दलहरुले संघीय राज्यको विषयमा पञ्चायत कालमा स्थापना गरिएका १४ अञ्चललाई घटाएर सात प्रदेश बनाउन खोज्नु केटाकेटी खेल भएको आरोप लगाउनुभयो ।

किरात प्रदेश समितिले पहिचानसहितको संघीयताका लागि किरात प्रदेशका जनतालाई गोलबन्द गर्दै संघीय पक्षधर दलँंग सहकार्य गरी संर्घष गर्ने उहाँको भनाइ थियो । हामी सबैजाति, भाषा, धर्म, संस्कृति समेटिएको साझा फूलबारी बनाउन खोजिरहेका छौं, यसैलाई हामीले पहिचान भनेका छौं । अध्यक्ष राईले भन्नुभयो,  “दोस्रो संविधानसभाको निर्वाचनमा धादलीपूर्ण तरिकाले बहुमत देखाएर ठुला बनेको भन्ने दम्भ देखाउदै कांग्रेस एमालेले फेरि पनि धोका दिने भएकाले हामी आन्दोलनमा उत्रिएका हौं ।”  

पहिलो संविधानसभाको चुनावमा ठूलो बनेको एनेकपा माओवादी लगायतका पहिचानवाला शक्तिलाई संविधान बनाउन अबरोध गर्ने कांग्रेस एमाले आफ्नो अनुकूलमा पश्चगमनपक्षको संविधान बनाउन खोजीरहेको राईले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “पहिलो संविधानसभामा पहिचानसहितको संविधान बन्ने देखेर बहुमतको आधारमा संविधान बने रगतको खोलो बग्छ भन्ने सुशिल, आलीजीहरू अहिले चाँही बहुमतको आधारमा संविधान बनाउ“नु पर्छ भन्दैछन्, त्यसको प्रतिकार गर्न सबै लागी पर्नुपर्छ ।”

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा किरात प्रदेश समिति इन्चार्ज हेमराज राई, केन्द्रीय निर्वाचन समितिका सभापति तथा किरात प्रदेश समिति अध्यक्ष राजकुमार राई,उपमहासचिवद्धय अजम्बर काङ्माङ र नोर्साङ शेर्पा, स्थायी समिति सदस्यद्धय रमेश राई,जुद्ध ढाक्रेलगायत झण्डै दर्जनबढि केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

ससपाले अब बन्ने संघीय संरचनामा किरात प्रदेश स्थापित गर्न दवाव दिने उद्देश्यले केन्द्रीय निर्वाचन समितिका सभापति तथा किरात प्रदेश समिति अध्यक्ष राजकुमार राईको अध्यक्षमा २९ सदस्यीय किराँत प्रदेश समिति घोषणा गरेको छ । पार्टीका नेता तथा कार्यकर्ता सम्मिलित समितिको उपाध्यक्षमा सनबहादुर राई, भीम राई र बलबहादुर बस्नेत तथा मुख्य सचिवमा घनश्याम कटवाल रहेका छन् । 

समितिले अब बन्ने संविधानमा पहिचान सहितको संघीय राज्यहरु स्थापनाका लागि दवाव दिने नवगठिन समितिका उपाध्यक्ष सनबहादुर राईले बताउनुभयो । केन्द्रीय सदस्य समेत रहनुभएका राईले भन्नुभयो, “कांग्रेस–एमाले लगायतका दलले बहुमतको आधारमा पहिचान विरोधी संविधान जारी गर्ने प्रपञ्च रचेकाले पहिचान स्थापित गर्न संघीय समिति घोषणा गरेका हौं, पहिचान सहितको संघीय संविधान निर्माणमा लागि यो समिति जस्तो सुकै आन्दोलन गर्न पनि पछि पर्दैन ।”

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post