sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » जन्ती बोकेको ट्याक्टर दुर्घटनामा २० जना घाईते

माघ–२९, खोटाङमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा २० जना घाईते भएका छन् । चिसापानीको खुटाबाट जन्ती बोकेर सुन्तलेको धाप्लाङ जाँदै गरेको को २ त २२४५ नम्बरको ट्याक्टर पल्टिदा ९ जना गम्भीर र ११ जना सामान्य घाइते भएका हुन् । 

सह–चालकले चलाएको ट्याक्टर दुर्घटनाका घाइतेहरु १४ वर्षदेखि २० वर्षसम्मका युवायुवती बढी छन् । धाप्लाङ–धर्तुङ सडकखण्ड अन्तरगत सुन्तले–५ मा बुधबार साँझ भएको दुर्घटनामा फाक्टाङका हेमबहादुर मगर, चन्द्रकला मगर, जीतबहादुर मगर, सुन्तलेका निर्मल श्रेष्ठ, भूमीका श्रेष्ठ, चन्द्रकला श्रेष्ठ, बिकास खड्का, युवराज श्रेष्ठ, राजकुमार श्रेष्ठ लगायत घाइते भएको प्रहरीले जनाएको छ । ट्याक्टर पल्टिनुको कारण खुल्न नसकेको स्थानीय शिक्षक युवराज चौंलागाईले जानकारी दिनुभयो । 

२५ जना जन्ती बोकेर ओरालो झरीरहेको ट्याक्टर अनियन्त्रित भएर सडकबाट पल्टिएको प्रत्यक्षदर्शीको भनाई छ । जीपमा चढेका कारण बेहुला र बेहुली भने दुर्घटनाबाट जोगिएका छन् । गम्भीर घाइतेहरुको धरान, बिराटनगर तथा सामान्य घाइतेहरुको उदयपुरको गाईघाटमा उपचार भइरहेको शिक्षक चौंलागाईले जनाए । ट्याक्टरका चालक भने हाल फरार छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post