sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » नक्कली सुन धितो राखेर चार लाख ठगी गर्ने दुई जनालाई कैंद सजाय

माघ–२६, नक्कली सुन धितो राखेर ठगी गर्ने खोटाङका दुई जना कारागार चलान भएका छन् । सोलुखुम्बुको लुक्ला बजारका स्थानीयलाई नक्कली सुन धितो राखेर ठगी गरेको आरोपमा पक्राउ परेका खोटाङको उत्तरी गाबिस बाकाचोलका कर्णबहादुर तामाङ र गोपीचन्द्र बिश्वकर्मा कारागार चलान भएका हुन् । 

जिल्ला अदालत सोलुखुम्बुका न्यायाधिस दिपककुमार खरेलको ईजलासले आरोपी तामाङ र बिश्वकर्मालाई दुई–दुई बर्ष जेल सजायका साथमा जरिवाना तोकेको छ । अदालतले तामाङलाई जेल सजायको साथमा ३ लाख ३९ हजार र बिश्वकर्मालाई कैंद बाहेक १ लाख ११ हजार जरिवानाको फैसला सुनाएको प्रहरीले जनाएको छ । १४ तोलाको नक्कली सुनको चुरालाई सक्कली भनेर झुक्याउँदै धितो राखेर लुक्लाका कृष्णबहादुर नेपालीबाट ४ लाख ५० हजार नगद लिएर ठगी गरेर फरार बनेका तामाङ र बिकलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले गत भदौ–२४ गते पक्राउ गरेको थियो । 

कारागार चलान भएका तामाङ राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सोलुखुम्बुमा सुरक्षा गार्डकारुपमा कार्यरत थिए भने, बिश्वकर्मा काठ्माण्डौंबाट नक्कली सुन खरिद बिक्री गर्दै आएको प्रहरीले बताएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post