sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » रेडक्रसलाई जग्गा निशुल्क प्रदान

फागुन–१३, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङ र दुई उप–शाखाको भवन निर्माणका लागि निशुल्क जग्गा प्राप्त भएको छ । शाखाको तालिम हल निर्माणका लागि दिक्तेल नगरपालिका–१३ खाल्लेका कुलबहादुर श्रेष्ठबाट एक लाख ५० हजार मूल्याको एक रोपनी जग्गा निशुल्क प्राप्त भएको हो ।


यस्तै, बाहुनीडाँडा उपशाखाको भवन निर्माणका लागि स्थानीय चक्रबहादुर कार्कीले ८ आना र उपशाखा खाल्लेको भवन निर्माणका लागि स्थानीय नवराज केसीले ४ आना जग्गा निशुल्क दिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले जनाएको छ । केसीले तीन लाख र कार्कीले एक लाख ५० हजार मूल्याको जग्गा रेडक्रस उपशाखाको नाममा पास गरिदिएको रेडक्रस जिल्ला शाखाका मन्त्री भिमबहादुर सैजुले जानकारी दिए ।

जग्गा प्राप्त भएलगत्तै सुरु गरिएको खाल्ले उपशाखा र वाहुनीडाँडा उपशाखाको भवन निर्माण कार्य दुई महिनाभित्र सम्पन्न गरिने शाखाले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post