sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » घरेलु हिंसा गर्ने ससुरालाई कारबाहीको माग

फागुन–३, खानलाउनबाट वञ्चित गराउने ससुरालाई कारबाहीको माग गर्दै खोटाङमा एक महिलाले उजुरी दिनुभएको छ । दिक्तेल नगरपालिका–१३ की ३० वर्षीया कुन्ता खड्काले  ६२ वर्षीय ससुरा रविध्वज खड्कालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दिनुभएकको हो । 

आरोपितले बारम्बार आफूलाई हप्की दप्की गर्ने, खानलाउनबाट वञ्चित गराउने र मानसिक रूपमा यातना दिने गरेको पीडिको उजुरीमा उल्लेख छ । पति केशव खड्का वैदेशिक रोजगारीमा गएको अवस्थामा ससुराले आफूलाई खानलाउनबाट वञ्चित गराएको पीडित महिलाको भनाइ छ । 

पीडितको उजुरीको आधारमा आरोपितलाई झिकाएर आवश्यक छलफल गराईने जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post