sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ‘भ्वइस अफ खोटाङ’को फाइनल अडिसन चैत्र–७ गते

फागुन–३०, खोटाङमा जारी गायन प्रतियोगीता ‘भ्वइस अफ खोटाङ’को फाइनल अडिसन चैत्र–७ गते हुनेभएको छ । गत मंसिर–२४ गते उत्तरी गाबिस बाक्सिलाबाट सुरु गरिएको ‘भ्वइस अफ खोटाङ–२०७१’को फाइनल अडिसन फागुन पहिलो साता सम्पन्न गर्ने टुंगो लगाइएको आयोजक समितिका संयोजक दिपक ठटालले बताउनु भयो । गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाहरुको पहिचान, संबर्धन र बिकास गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको ‘भ्वइस अफ खोटाङ’मा सहभागी ७ सय प्रतियोगीमध्ये पाँचौं अडिसनसम्म आइपुग्दा उत्कृष्ट दश जना छानिइसकेका छन् । ‘समतामुलक समाज निर्माणका लागि सांगीतिक अभियान’ भन्ने नाराका साथ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटाङको आयोजनामा ‘भ्वइस अफ खोटाङ’को आयोजना गरिएको हो ।

फागुन–२३ र २४ गते सदरमुकाम दिक्तेलमा आयोजना गरिएको पाँचौं अडिसनबाट छानिएका टप टेनबीचमा प्रतिष्पर्धा गराएपछि प्रथम, दोश्रो र तेश्रो प्रतिभाको टुंगो लगाइने ‘भ्वइस अफ खोटाङ’ आयोजक समितिका सचिव मिलन चाहारले बताउनु भयो । ‘भ्वइस अफ खोटाङ’को फाइनल अडिसनबाट छनौट हुने स्वरका प्रथम, दोश्रो र तेश्रो बिजेतालाई नगद पुरस्कारका साथमा संगीत विद्यालयमा अध्यायन गर्ने र चलचित्रमा गीत गाउने अवशर समेत दिइने आयोजकले जनाएको छ । ‘गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभालाई उजागर गर्दै अवशर दिने हाम्रो मूख्य उद्धेश्य हो,’ संयोजक ठटालले भन्नुभयो, ‘अवशर नपाइरहेका प्रतिभाको सफलताका लागि सही तरिका र सही समय सिर्जना गर्नु हामीले हाम्रो दायित्व सम्झेका छौँ ।’

पाँचौँ अडिसनसम्म आइपुगेका १७ प्रतियोगीमध्येबाट बुइपाका जीवन्तराज राई, महेश्वरीका उत्तम राई र मदन राई, सप्तेश्वरका मौसम किराती, लफ्याङकी अमिता राई, दुर्छिमका सुस्मिता राई, सावाकटहरेका कृष्ण कोईराला, लफ्याङका यसकुमार राई, दिक्तेलका सुमन हिङ्माङ र विजयहाङ राई अन्तिम प्रतिष्पर्धाकालागि छनौट भएका छन् । पाँचौं अडिसनबाट बाहिरिएका सप्तेश्वरका तेजकुमार राई र खिदिमाका लाक्पा तामाङले बाल कलाकारको सम्मान पाउनु भएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post