sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » उत्कृष्ट छात्रामैत्री शौचालय निर्माण गर्ने विद्यालय पुरस्कृत

चैत्र–१३, विद्यालय सरसफाई तथा स्वच्छता प्रबद्र्धनका क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन सफल खोटाङका एक बिद्यालय पुरस्कृत भएको छ । छात्र÷छात्राकालागि अलग–अलग शौचालयको व्यवस्था, छात्रामैत्री शौचालय, साबुनपानीको प्रयोग, फोहोरको उचित व्यवस्थापन गरेको लगायत सरसफाई सम्बन्धी आनीबानीमा परिवर्तन ल्याउन सफल भएकामा नुनथलास्थित जालपा माबि पुरस्कृत भएको हो ।

विद्यालय सरसफाई तथा स्वच्छता प्रबद्र्धनका लागि खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले अप्रिल २०१४ देखि मार्च २०१५ सम्म सञ्चालन गरेको ‘नागरिक आवाज’ कार्यक्रम अन्तरगत सरसफाई सम्बन्धी बानी परिवर्तन गर्न सफल भएकामा जालपा माबिलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको हो । 

जिल्लाका ३० वटा विद्यालयलाई पछि पार्न सफल विद्यालयलाई प्रोत्साहन स्वरुप नगद २० हजारका साथमा प्रशंसापत्र प्रदान गरिएको छ । विद्यालयको सरसफाई तथा स्वच्छता प्रबद्र्धनकालागि विद्यालमै क्रियासिल बाल क्लवको सहमतीमा मात्र चलाउन पाउनेगरी विद्यालयलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको नागरिक आवाजका कार्यक्रम संयोजक पेम्बा तामाङले बताउनु भयो । गत फागुन–८ गते परेको बिश्व पानी दिबस मार्च–२२ को अवशरमा बिहिबार उत्कृष्ट विद्यालयलाई छनौट गरी पुरस्कृत गरिएको तामाङले जानकारी दिनुभयो । पुरस्कार प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन किशोर राईमार्फत बिद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । 

महासंघका अध्यक्ष धनप्रसाद गिरीको सभापतित्वमा भएको कार्यक्रममा जबरजङ गण दिक्तेलका गणपति रामबहादुर थापा, जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराई, महासंघका सचिव कृष्ण गुरुङ लगायतको उपस्थिति रहेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post