sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » सामान जफत

फागुन-२३, सदरमुकाम दिक्तेलका २१ खुद्रा पसलबाट म्याद नाघेका भारी मात्रामा उपभोग्यवस्तु जफत गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा शनिबार गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका बिस्कुट, चाउचाउ, तेल, हल्का पेयपदार्थ, मिनेरल वाटर, टुथपेस्ट, पोका दूध, हर्लिक्स, चक्लेट, सुपारी, मिठाइ, चिजबललगायत एक ट्र्याक्टर सामान जफत गरिएको सहायक प्रजिअ अर्जुन राईले बताउनु भयो । 

जनस्वास्थ्यका विषयमा व्यवसायीले हेलचेक्य्राइँ गरिरहेको पाइएको छ  हामी तिनलाई छाड्दैनौँ  राईले भन्नु भयो ।
जिल्ला अनुगमन समिति खोटाङले गरेको बजार अनुगमनका क्रममा भेटिएका अखाद्यवस्तु जफत गर्दै प्रहरी । शनिबार गरिएको बजार अनुगमनका क्रममा सदरमुकाम दिक्तेलका २१ वटा पसलबाट विभिन्न अखाद्यवस्तु जफत गरिएको छ । 
तस्बिरः हाम्रो खोटाङ डटकम

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post