sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » अबैध चल्ला बिक्री गरिरहेको अवस्थामा एक पक्राउ

फागुन–२७, अबैध चल्ला बिक्री गरिरहेको अवस्थामा खोटाङमा एक जना पक्राउ परेका छन् । सदरमुकाम दिक्तेलमै कुखुराको अबैध चल्ला बिक्री गरिरहेको अवस्थामा चितवनका इरदली सेखलाई प्रहरीले पक्राउ गरेको हो । ‘डाईलोड लाईभ चिक्स’ ब्राण्डको ब्रोईलर कुखुराकोे चल्ला बेच्दै गरेको अवस्थामा ८ कार्टन चल्लासहित सेखलाई बुधबार नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

नेशनल बदर नेपाल चितवन उल्लेख भएको काटुनमा राखिएको अबैध चल्ला बिक्री गरिरहेको सूचनाका आधारमा उनलाई अनुसन्धानका लागि ३५० वटा चल्लासहित पक्राउ गरिएको प्रहरी नायव निरीक्षक लालबाबु शाहले बताउनु भयो । चल्ला अबैध भएको र कागजात बनाएर भारतबाट बिक्री गर्न ल्याईएको हुनसक्ने आशंकामा बिक्रेतालाई चल्लासहित पक्राउ गरिएको प्रहरीले बताएको छ । सेखबिरुद्ध कडा कारबाही अघि बढाइने प्रजिअ गोविन्द सापकोटाले बताउनु भयो । 

चल्लाको चेकजाँचका लागि जिल्ला पशुसेवा कार्यालयलाई निर्देशन दिइएको प्रशासनले जनाएको छ । ‘चेकजाँचकाक्रममा पशुसेवाले रिपोर्ट तयार पार्छ,’ सापकोटाले भन्नुभयो, ‘त्यही रिपोर्टका आधारमा चल्ला बिक्रेतालाई कारबाही हुन्छ ।’ 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post