sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » बालिका करणी गर्न खोज्ने युवा कारागार चलान

चैत्र–११, बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने खोटाङका एक युवा कारागार चलान भएका छन् । स्थानीय १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने दिक्तेल नगरपालिका–३ का २३ वर्षीय रमेश आचार्य अदालतको आदेशमा बुधबार पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

आफ्नै घरमा सुतिरहेका बालिकालाई बाहिर बोलाएर ‘पैसा दिन्छु’ भन्दै जबरजस्ती करणी गर्न खोजेपछि आफन्तले दिएको उजुरीको आधारमा आचार्यलाई फागुन–१५ गते पक्राउ गरिएको थियो । रक्सीले मातेर बालिकाको घर गएका आचार्यले फागुन–१५ गते शुक्रबार बिहान बालिकाको कपडा खोलेर जबरजस्ती करणी गर्न खोजेको पीडित बालिकाको आफन्तले जनाएको छ । 

घटनापछि आफन्तले थाहा पाउना साथ फरार भएका आचार्यलाई सोही दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमले जानकारी दिनुभयो । पक्राउ परेका आचार्यविरुद्ध जबरजस्ती करणी उद्योग अन्तरगत मुद्दा दर्ता गरेर कारबाही थालिएको थियो । 

बालीकाको स्वास्थ्य परीक्षणपछि घर पठाइएको गौतमले जानकारी दिनुभयो । उनको अवस्था सामान्य रहेको आफन्तले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post