sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » चट्याङमा परी खोटाङमा सात जना घाइते

फागुन १८ । चट्याङमा परी खोटाङमा सात जना घाइते भएका छन् । आईतबार बेलुका परेको चट्याङमा परी विजयखर्क–५ फिरफिरेका ६१ वर्षीय तेजबहादुर रम्तेल, २१ वर्षीय छविलाल विश्वकर्मा, २० शान्ता विश्वकर्मा, ११ वर्षीया बबिता विश्वकर्मा, १७ वर्षीया सरस्वति विश्वकर्मा, सात वर्षीया पूर्णीमायाँ विश्वकर्मा र २५ वर्षीया सीता विश्वकर्मा घाइते भएका हुन् ।

घाइतेमध्ये तेजबहादुर र छविलालको अवस्था गम्भीर रहेको स्थानीय दीपेश पोखरेलले जानकारी दिनुभयो । अचेत अवस्थामा रहेको तेजबहादुरको टाउको र छाती तथा छविलालको कम्मर र तिघ्रामा चोट लागेको पोखरेलको भनाइ छ ।

उनीहरुको घरमै स्वास्थ्यकर्मी ल्याएर उपचार गराइँदै गरिएको स्थानीयले जनाएका छन् । पानीसँगै परेको चट्याङले सो वडाका १३ घरमा विद्युत अवरुद्ध भएको छ ।

फिरफिरेमा परेको चट्याङ विद्युत लाईनबाट घरघरमा पुगेको स्थानीयको भनाइ छ । चट्याङका कारण विद्युत फल्ट हुँदा विश्वकर्मा परिवारको दुई वटा कुखुरा मरेको छ भने, दुई थान राईस कुकर जलेर नष्ट भएको जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post